"घाटु नाच" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''घाँटु नाच''' विशेषत: गुरुङ र मगर जातीमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ मगरहरूको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । उनीहरूको प्रशिद्ध लोक नृत्य हो । यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । <ref name=janamanch>{{cite web | title= घाटु नृत्य: Nepal | [[घाटु नृत्य]] | url=http://janamanch.com/?p=4807 }}</ref> यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।<ref name=janamanch>{{cite web | title= Ghatu (gurung) dance: Nepal | [[घाटु नृत्य]] | url=http://updatesnepal.com/ghatu-gurung-dance.html }}</ref>
 
घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने , घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।<ref name="साझा सवाल">{{cite web | title= घाटु : एक परिचय | [[घाटु नृत्य]] | url=http://sajhasabal.com/baglung/news/814345638886#.VTVK5cm2vIU#ixzz3XsXMQF9z }}</ref>
 
==घाटु नृत्य प्रकार==
घाटु नाच दुई प्रकारका रहेका छन ।
 
<b>'''१. सति घाटु </b>'''
 
प्रचलित सति घाटु विमेसै नाचिदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । सति घाटु नाच मातातिर्थ औसी देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ <ref name="साझा सवाल">{{cite web | title= सौर्य दैनिकी : लोप हुने अवस्थामा घाटु नाच | [[घाटु नृत्य]] | url=http://www.souryadaily.com/2013/05/73301.html#sthash.6m8oQi58.dpuf }}</ref>
 
<b>'''२. बाह्रमासे घाटु </b>'''
 
बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी मगर अथवा गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन ।<ref name=साझा सवाल>{{cite web | title= घाटु : एक परिचय | [[घाटु नृत्य]] | url=http://sajhasabal.com/baglung/news/814345638886#.VTVK5cm2vIU#ixzz3XsXMQF9z }}</ref>
 
बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी मगर अथवा गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन ।<ref name="साझा सवाल">{{cite web | title= घाटु : एक परिचय | [[घाटु नृत्य]] | url=http://sajhasabal.com/baglung/news/814345638886#.VTVK5cm2vIU#ixzz3XsXMQF9z }}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
==बाह्य लिङ्कहरू==
 
==यो पनि हेर्नुहोस्==
Line २५ ⟶ २३:
{{नेपाली_लोक_परम्पराहरू}}
 
[[श्रेणी:संस्कृति]]
 
 
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:लोकसंस्कृति]]
[[श्रेणी:नेपालको संस्कृति]]
"https://ne.wikipedia.org/wiki/घाटु_नाच" बाट अनुप्रेषित