"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३:
==वर्गीकरणका विशेषता==
 
[[हिन्दू धर्म|हिन्दू]] दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । उदाहरणका लागि ज्ञानका चार भाग [[ऋग्वेद]], [[यजुर्वेद]], [[सामवेद]], र [[अथर्ववेद]] छन् । प्राणीका चार विभाजन स्वेदज, जरायुज, अण्डज र उद्भिज छन् । वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । यस विभाजनको उद्देश्य मानिसका विशेषताहरूको आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो । [[खप्तड बाबा|खप्तड स्वामी]]ले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ ।<ref>{{cite book|last1=खप्तड स्वामी|title=धर्मविज्ञान, सार संक्षेप संपादक चूडानाथ भट्टराय,|date=वि.सं.२०५१|publisher=बबी शाह|location=काठमाडौँ|page=६९–७०}}</ref> वर्ण व्यवस्थाको आधार [[ऋग्वेद]] [[पुरुष सूक्त]]मा निहित छ । '''ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः।''' <ref>ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ </ref>। त्यस्तै विचार गीतामा पनि व्यक्त गरिएको छ–
'''चातुर्वर्ण्यं मया सृष्ट्वा गुण कर्म विभागश ।।४.१३।।''' <ref>श्रीमद्भगगवद्गीता ४.१३</ref>
[[वेद|वैदिक]] वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ । त्यहा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरूपी गाडी चलाउने चार पाङ्ग्राको रूपमा कल्पना गरिएको छ, परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रूपमा देखाइएको छ ।<ref>लिंगपुराण पूर्वार्ध– ५२.२९–३०, डा. टीकाराम पन्थी, सांस्कृतिक संवीक्षण, (रुपन्देही विश्व हिन्दु महासङ्घ, रुपन्देही, वि.सं.२०६५), पृ. ११२ ।</ref>
 
==वर्ण अनुसारको कार्य विभाजन==
[[श्रीमद्भगवद्गीता]] अध्याय १८मा यस विभाजनको विवरण निम्नलिखित छ<ref>श्रीमद्भगवद्गीता, १८.४१–४५</ref>–
 
: <strong>ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
पङ्क्ति १९:
: परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।४४।।
: स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।
: स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।<br>
: हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि गुणका प्रभावले विभक्त हुन्छन् ।।४१।।
: शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
: शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि मालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
: कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
: आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।</strong></br>
मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।
पङ्क्ति ३४:
जुन वर्गले आर्थिक क्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गर्थ्यो त्यसलाई [[वैश्य]] भनिएको छ ।
;शूद्र:
जुन वर्गले समाजको सेवा गर्थ्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई [[शूद्र]] भनिएको छ ।
 
स्मरण रहोस् वैदिक सनातन वर्णाश्रमधर्म का मूलमर्मज्ञ विद्वान् यसो भन्छन् -वेदका प्रधान अङ्ग मानिने कल्पसूत्रभित्र श्रौतसूत्र,गृह्यसूत्र,धर्मसूत्र र शुल्वसूत्रहरू पर्दछन् । यी सूत्रग्रन्थहरू अवलोकन गर्दा गर्भाधानादि संस्कारहरू वेदोक्त रीतिले गर्नेहरू द्विजहरू हुन् । यसका अतिरिक्त अन्य सबै व्रात्यहरू हुन् ।
पङ्क्ति ७१:
:ब्राह्मणस्य तु यो धर्मस्तं ते वक्त्राणि केवलम् ।।
:दममेव महाराज धर्ममहाहुः पुरातनम् ।
:स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते ।। <ref>महाभारत, ६०.७–९।</ref></strong> यी सामान्य कर्तव्यहरूलाई बाइबिलमा टेन् कमान्डमेन्ट्स<ref>https://en.wikipedia.org/wiki/Ten_Commandments</ref> भनिएको छ । यसको अर्थ के भने सामान्य मानवधर्म सबभन्दा महत्त्वपूर्ण कर्तव्य हो र त्यस पछि मात्र वर्णानुसारको कर्तव्य पर्दछ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=७५–७७}}</ref>[[महाभारत]]मा र मन्वादि स्मृतिहरूमा -
:<strong>धृतिःक्षमा शमोsस्तेयःशौचमिन्द्रियनिग्रहः ।
:धीर्विद्या सत्यमक्रोधः दशकं धर्मलक्षणम् ॥
धैर्य,क्षमा,मननिरोध,चोरीको अभाव, ईन्द्रियनिरोध,विवेक बुद्धि,शरीरविज्ञान र आत्मविज्ञान, सत्यवचन, रीसको अभाव यी १०यस सामान्य नियमलाई धर्मको लक्षण भनिएको छ ।</strong>
 
==वर्ण विभाजन र श्रम विभाजन==
 
वर्ण विभाजनको आधारलाई [[अर्थशास्त्र]]मा सरल [[श्रम विभाजन]] भनिन्छ । जुन मानिस जुन काममा निरन्तर लागि परेको हुन्छ अर्थशास्त्रमा त्यसलाई पेशागत श्रम विभाजन भनिन्छ । श्रम विभाजन त्यो आर्थिक प्रक्रिया हो जसको उत्पादनमा महत्त्वपूर्ण भूमिका हुन्छ । एक जनाले सबै प्रकारका काम गर्नु भन्दा अलग अलग व्यक्तिले अलग अलग काम गर्दा उत्पादनमा कुशलता उत्पन्न हुन गई उत्पादक, उपभोक्ता, र समाजलाई विभिन्न लाभहरु प्राप्त हुन्छन् भनेर [[एडम स्मिथ]]ले आफ्नो पुस्तक वेल्थ अफ् नेशन्समा सविस्तार उल्लेख गरेका छन् । आचार्य [[शुक्रनीति|शुक्र]]ले भनेका छन्– जन्मको आधारमा कोही ब्राह्मण वा शूद्र हदैन, ऊ आफ्नोे कर्मको कारणले ब्राह्मण वा शूद्र हुन्छ । तर आफूलाई निर्धारण गरिएको वर्णाश्रम अनुसार काम नगर्ने राजाद्वारा दण्डनीय हुन्छ ।<ref>{{cite book|last1=उमेशपुरी ज्ञानेश्वर|title=शुक्रनीति|date=२०००|publisher=रणधीर प्रकाशन|location=हरिद्वार|page=४.४.३}}</ref> त्यस बेला विभिन्न वर्णका मानिसहरूलाई एक अर्काको कार्य गर्न प्रतिबन्ध भने थिएन । उदाहरणका लागि सेनाको कार्य मुख्यतः क्षत्रियहरूका लागि मात्र निर्धारण गरिएको भए तापनि कौटिलीय अर्थशास्त्रमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रका सैन्य टुकडीहरूको उल्लेख गरिएको छ ।<ref>{{cite book|last1=अर्याल,|first1=केशवराज, अनु., सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र|date=वि.सं.२०२४|publisher=नेराप्रप्र|location=काठमाडौ|page=९.१.१३६}}</ref>
 
==उपसंहार==
पङ्क्ति ८६:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
{{हिन्दू धर्म}}