"दार्जिलिङ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: दार्जिलिङ भारतको प्रसिद्ध पर्यटकीय स्थल हो। यो शहर भारतको पश्च...
(कुनै भिन्नता छैन)

१६:३२, १८ फेब्रुअरी २००७ जस्तै गरी पुनरावलोकन

दार्जिलिङ भारतको प्रसिद्ध पर्यटकीय स्थल हो। यो शहर भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा पर्दछ। उच्च पहाडी भू-भागमा अवस्थित यो शहरबाट कञ्चनजङ्घा लगायत सिङ्गलिला हिमश्रृंखलाका विभिन्न हिमालका दृष्यहरू देखिने भएकोले यहाँ पर्यटन उद्योग एकदमै फष्टाएको छ। नेपाल अंग्रेज युद्धपछिको सुगौली सन्धि अघि नेपालको स्वामित्त्वमा रहेको यो ठाउँ सो सन्धि पश्चात भारत (तत्कालिन इष्ट इण्डिया कम्पनी)को स्वामित्त्वमा गाभिएको हो। दार्जिलिङ जिल्लामा अधिकांश नेपाली मूलका बासिन्दाहरू बसोबास गर्दछन्। यहाँ खासगरी राई, लिम्बू, गुरूङ, शेर्पा, क्षेत्री, बाहुन, नेवार, जस्ता जातजातिको बसोबास रहेको छ। यहाँका नेवारहरू जुनसुकै थरका भएपनि आफूलाई प्रधान लेख्न रूचाउँछन्। दार्जिलिङमा खासगरी चिया तथा फूलको खेती हुने गर्दछ। तर यहाँका बासिन्दाको मुख्य पेशा पर्यटन क्षेत्रसित सम्बन्धित हुन्छ। ब्रिटिस सरकारले यहाँ बाटोघाटो, विजुली, टेलिफोन, अस्पताल, स्कूल/क्याम्पस जस्ता सुविधाहरूको पूर्वाधार बनाइदिएको थियो। हाल भारत सरकारले ति सुविधाहरूमा बृद्धि गर्दै यहाँका जनताको जीवनस्तर अझ राम्रो बनाइदिएको छ। यस शैक्षिक केन्द्रमा नेपालका सर्वसाधारण जनता देखि राजासम्मले अध्ययन गर्ने गरेका छन्।