"मोक्षदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
हिन्दू [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]को एघारौँ [[तिथि]]लाई [[एकादशी तिथि|एकादशी]] भनिन्छ। यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्त्व छ । मार्ग शक्ल एकादशीलाई '''मोक्षदा एकादशी''' भनिन्छ । यो दिनलाई [[नेपाल]] तथा [[भारत]] लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने
हिन्दु धर्मावलम्बीहरूले पर्वको रूपमा मनाउने गर्दछन् ।
== मोक्षदा एकदशीको व्रत कथा ==
 
पद्मपुराणको एउटा प्रसङ्गमा भगवान [[कृष्ण|श्रीकृष्ण]] धर्मराज [[युधिष्ठिर]]सित भन्नुहुन्छ- [[मंसिर|मार्गशीर्ष]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीका दिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदाएकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ।
मार्गशीर्ष शुक्ल एकादशीका दिन [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा भगवान श्रीकृष्णले [[अर्जुन]]लाई [[श्रीमद्भगवद गीता|श्रीमद्भगवद्गीता]]को उपदेश गर्नु भएको हो। अत: यो तिथि गीता जयंतीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासंभव गीता पढ्नुपर्छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ।
भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस सन्दर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ। भगवान भन्नु हुन्छ एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख-शांतिपूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, सन्त सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन। बिहान क्षितिजमा सूर्यको लालिमा देख्नासाथ उनी ज्ञानी पण्डित र विद्वानको शरणमा पुगे र जेजस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाए।
राजाका कुरा सुनेर पण्डितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए। राजा पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक उनीसित आफ्नो समस्या बताए। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने-हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ। उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ। यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई दिनुपर्छ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ। राजाले विधिपूर्वक एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए। राजा वैखानसका पिता यस पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भए र स्वर्गमा उनले स्थान प्राप्त गरे।