"रमा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
}}
 
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी तिथि|एकादशी]]को व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने [[अधिकमास]] अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ [[कात्तिक|कार्तिक]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षमा पर्ने एकादशीको नाम '''रमा एकादशी''' हो । यस तिथिमा [[नेपाल]] र [[भारत]] लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गर्नुका साथै यसलाई एक पर्वको रूपमा मनाउने गर्दछन् ।
 
== कथा ==
पङ्क्ति ३५:
यो सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगरमा फर्केर चन्द्रभागालाई सबै वृत्तान्त सुनाए । ब्राह्मणको वचन सुनेर चन्द्रभागा निकै प्रसन्नताले ब्राह्मणलाई भन्न लागिन्- हे ब्राह्मण! यो सबै कुरा तपाईँले प्रत्यक्ष देख्नुभो या स्वप्नका कुरा गर्नुहुन्छ ? ब्राह्मण भन्छन्- हे पुत्री! मैले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखें । साथै कसैले विजय हुन नसक्ने देवताहरूको नगरका समान उनको नगर पनि देखें । उनले यो पनि भनेका छन् कि यो स्थिर छैन । जुन प्रकारले यो स्थिर रहन सक्छ त्यो उपाय गर्नुपर्छ ।
 
चन्द्रभागा भन्न लागिन् हे विप्र! तिमी मलाई त्यहाँ लिएर जानुहोस्, मलाई पतिदेवका दर्शनको तीव्र लालसा छ । म आफुले गरेका पुण्यदे यस नगरलाई स्थिर बनाइ दिन्छु । तपाईँ यस्तो कार्य गर्नुहोस् जिसले उनको र हाम्रो मिलन होस् किनकी वियोगीलाई मिलाइ दिनु महान पु्ण्य हो । सोम शर्मा यो कुरा सुनेर चन्द्रभागालाई लिएर मन्दराचल पर्वत नजिकैको [[वामदेव|वामदेव ऋषि]]का आश्रममा गए । वामदेवजीले सबै कुरा सुनेर [[वेद]] मन्त्रहरूको उच्चारणले चन्द्रभागाको अभिषेक गरे । तब ऋषिका मन्त्रका प्रभाव र एकादशीको व्रतले चन्द्रभागाको शरीर दिव्य भयो र उनले दिव्य गति प्राप्त गरिन् ।
 
त्यस पछि निकै प्रसन्नताका साथ आफ्नो पतिका नजिकै गईन् । आफ्नी प्रिय पत्नीलाई आएको देखेर शोभन अति प्रसन्न भए । उनलाई बोलाएर आफ्नो बायाँ तर्फ बसाले । चन्द्रभागा भन्न लागिन्- हे प्राणनाथ! तपाईँ मेरो पुण्यलाई ग्रहण गर्नुहोस् । आफ्नो पिताका घरमा म आठ वर्षको उमेर देखि विधिपूर्वक एकादशीको व्रत श्रद्धापूर्वक गर्दै आएकी छु । यस पुण्यका प्रतापले तपाईँको यो नगर स्थिर हुनेछ तथा समस्त कर्महरूबाट युक्त भएर प्रलयका अन्तसम्म रहनेछ । यस प्रकार चन्द्रभागाले दिव्य आभू‍षणहरू र वस्त्रहरूले सुसज्जित भएर आफ्ने पतिका साथमा आनन्दपूर्वक रहन लागिन् ।
"https://ne.wikipedia.org/wiki/रमा_एकादशी" बाट अनुप्रेषित