"यशोब्रम्ह शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २४:
'''यशोब्रम्ह शाह''' वा '''यशोब्रह्म शाह''' वा '''यशोबाम शाह''' कास्कीका राजा [[कुलमण्डन खाँ]] (शाह) का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्याहाँ स्थापित गरिएको हो। उनका २ छोरा [[नरहरि शाह]] र [[द्रव्य शाह]] थिए । नरहरि शाहका सन्तानहरू लम्जुङ्गका राजा भएका थिए र द्रव्य शाहका सन्तानहरू गोरखाका राजा भएका थिए । द्रव्य शाहका वंशज [[नरभूपाल शाह]] र [[पृथ्वीनारायण शाह]]ले [[नेपालको एकिकरण]]को शुरुवात गरेका थिए।
==किम्बदन्ति र दाबी==
श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३
भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।
|