"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८२:
कीर्तिनिधि विष्ट नैतिकता गुमाएर पदमा टाँसिनुहुँदैन भन्नेमा दृढ थिए । उनले ०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए । त्यसबेला पनि उनले नैतिकताका आधारमा शिक्षामन्त्री बनिरहन मिलेन भनेका थिए ।
 
त्यस्तै ०३६ साल जेठ १० गते विष्टले दोस्रोचोटि प्रधानमन्त्री पदबाट राजीनामा दिए । राष्ट्रिय पञ्चायतको ३० औंऔँ अधिवेशन चाँडै बस्न लागेको र सो पञ्चायतले नै नयाँ प्रधानमन्त्रीको सिफारिस गरोस् भन्ने राजाले चाहेको भन्दै उनले राजीनामा दिएका थिए ।
ज्यान गए पनि कुर्सी नछाड्ने नैतिकताहीन नेताहरुका लागि कीर्तिनिधि विष्ट नैतिकताका ‘सिंहदरबार’ नै हुन्, जो शनिबार दिउँसो आर्यघाटमा सुटुक्क जलेर प्रकृतिमा लीन भएका छन् ।
 
पङ्क्ति ११७:
राजाले ०१९ साल चैत्र २० गतेदेखि भने डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी सुम्पिए । र, विष्टलाई शिक्षाका साथै निर्माण, सञ्चार र यातायात मन्त्रालयको समेत जिम्मेवारी दिए ।
 
यही क्रममा ०२० साल चैत्र २० गते कीर्तिनिधि विष्टको जिम्मेवारी फेरियो । उनलाई शिक्षामन्त्रीका साथै परराष्ट्र मन्त्री पनि बनाइयो । यो सरकारमा पनि डा. गिरी नै अध्यक्ष थिए भने अर्थमन्त्रीसमेत रहेका सूर्यबहादुर थापालाई उपाध्यक्ष बनाइएको थियो । विष्ट मन्त्रीहरूको ५ औंऔँ बरियतामा थिए ।
 
विसं ०२१ साल माघ १३ गते पुनर्गठन भएको नयाँ मन्त्रिमण्डलमा डा. तुल्सी गिरीलाई हटाएर सूर्यबहादुर थापालाई अध्यक्ष बनाइयो । र, पाँचौं बरियतामा रहेका विष्टले दोस्रो बरियतामा उक्लिएर परराष्ट्र, भूमिसुधार कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी सम्हाले ।