"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
[[File:Aadikavi Bhanubhakta Acharya.jpg|thumb|Aadikavi Bhanubhakta Acharya (अादिकविआदिकवि भानुभक्त अाचार्यआचार्य)]]
[[File:Gosvami Tulsidas II.jpg|thumb|Gosvami Tulsidas II (गाेस्वामीगोस्वामी तुलसीदास)]]
प्रस्तुत लेखको मूल उद्देश्य [[नेपाली भाषा]]का प्रख्यात कवि भानुभक्त आचार्य र [[हिन्दी]] भाषाका प्रख्यात कवि तुलसीदासको सामान्य परिचय दिनुका साथै केही विशेषताका आधारमा '''भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन''' प्रस्तुत गर्नु रहेको छ ।
==परिचय==
पङ्क्ति १२:
भानुभक्तीय रामायण र रामचरितमानसका अथाह विशेषतामध्ये निम्नलिखित विशेषताहरूको मात्र यहाँ चर्चा गर्ने काम गरिएको छ :
===बनोट/संरचना===
कृतिमा पाइने अङ्क, दृश्य, अध्याय, सर्ग, काण्ड आदि जस्ता दघु घटकहरूको कुल योगलाई बनोट वा संरचना भनिन्छ । शैलीविज्ञानले यिनै साना घटकहरूको वर्णन–विश्लेषण गरी कृतिको आमूर्त बनोटलाई मूर्त पार्ने काम गर्छ । बनोट भन्नु नै संरचना हो । प्रगीतात्मक, नाटकीय र आख्यानात्मक गरी तिन मिसिमका संरचना हुन्छन्, शैलीविज्ञानका अध्येताहरूको भनाइ यस्तो रहेको छ । यी तिनमध्ये कथाकथन भएको संरचना आख्यानात्मक संरचना हो । यसमा प्रयुक्त कथावस्तुको आदि, मध्य, अन्त सहजै पहिचान गर्न सकिन्छ । यसमा चरित्रचित्रणको पर्याप्तता पनि रहन्छ । विषयवस्तुगत विविधता र वर्णनगत विस्तारले गर्दा आख्यानात्मक संरचना भएको कविता लामो आकारको हुन्छ (शर्मा २०५५)।<ref>शर्मा, मोहनराज (२०५५), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडैांकाठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> भानुभक्तीय रामायण, अध्यात्म रामायण, रामचरितमानस जस्ता कृतिहरू आख्यानात्मक संरचनामा आबद्ध रहेका पाइन्छन् । निम्नलिखित तालिकाबाट उपर्युक्त रामायणहरूको संरचना पहिल्याउन सकिन्छ :
{| class="wikitable"
|-
पङ्क्ति ३५:
बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये [[छन्द]], रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :
====छन्दविधान====
छन्द ग्रिक शब्द metronबाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।<ref>लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), '''[[कविता]] सिद्धान्त र नेपाली कविताको इतिहास''', काठमाडौँ : [[नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान]]</ref> यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले '''छन्द'''को संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।<ref>शर्मा, ----- (२०५५:१९), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडैांकाठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
पङ्क्ति १५७:
 
[[श्रेणी:नेपाली साहित्य]]
[[श्रेणी:नेपाली समालाेचनासमालोचना]]
[[श्रेणी:समालाेचनासमालोचना]]