जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३९८२५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२०५५५२ छ भने महिलाको जनसङ्ख्या ११९२७०२ रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१९५५८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०१८४३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८७, इसाई धर्मको ९० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५५१ रहेको छ।
== अर्थतन्त्र ==
यस जिल्लाको मुख्य अायआय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.६२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३८% मजदुरीमा, उद्योग तथा व्यापारमा १.६६% वाणिज्यमा १६.२३%, सञ्चार र यातायातमा २.५९%, निर्माण क्षेत्रमा १.३९%, सुविधामा ७.७०%, धार्मिक सेवामा ०.३३%, वैदेशिक रोजगारी तथा भाडामा ३.६८% र अन्यमा १०.४२% रहेका छन्।<ref name=tableC01>{{cite web|url=http://www.bbs.gov.bd/Census2011/Chittagong/Brahmanbaria/Brahmanbaria_C01.pdf|title=Population Census 2011: Brahmanbaria Table C-01|website=केन्द्रिय तथ्याङ्क विभाग|access-date=11 July 2014|url-status=dead|archive-url=https://web.archive.org/web/20150923182905/http://www.bbs.gov.bd/Census2011/Chittagong/Brahmanbaria/Brahmanbaria_C01.pdf|archive-date=23 September 2015}}</ref>