"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १८:
शिक्षाको सरल सारांश नापको रूपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ ।
जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ ।
माथिको तीनवटै सूचकहरुलाईसूचकहरूलाई यसप्रकार उल्लेख गरिएको छ ।
==स्वास्थ्य==
औसत आयुले अनुमानित रूपमा मानिसको जीवित रहने प्रत्याशा भन्ने बुझाउ“छ । यो मुख्यतः शिशु मृत्युदरमा भर पर्ने हु“दा शिशु मृत्युदर कम हुने देशका मानिसको औसत आयु बढी हुन्छ भने शिशु मृत्युदर बढी हुने देशका मानिसको औसत आयु कम हुन्छ । पोषण र स्वास्थ्य सुविधा धेरै हुने ठाउ“मा शिशु मृत्युदर कम हुने हु“दा औसत आयुले स्वास्थ्यका बारेमा सुचना प्रदान गर्छ ।
स्वास्थ्यको सर्वोत्तम नाप आयु प्रत्याशालाई मानिएको छ कनिभने यसले एकातिर पोषणको कुराालई धयनमा राख्छ भने अर्कातिर शिशु मृत्युदरलाई पनि ध्यान दिएको हुन्छ । आयु प्रत्याशा नाप गर्न सम्पूर्ण जनसङ्ख्याको प्रत्येक उमेर समूहको जनसङ्ख्याको जीवितता अनुपातको जनसांख्यिक इतिहास विश्लेषण गरिन्छ । यस नापमा स्वास्थ्यको जुन नाप प्रयोग गरिन्छ त्यसालई जन्मका समयको आयु प्रत्याशा भनिन्छ । किनभने प्रत्येक उमेर समूहको आयु प्रत्याशा फरक फरक हुन्छ । आयु प्रत्याशाका उच्चतम र न्यूनतम अंकहरुकोअंकहरूको अन्तरको तुलनात्मक मान निकालेर आयु प्रत्याशा सूचक प्राप्त गरिन्छ ।
आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ ।
 
==ज्ञान र सूचना==
औसत साक्षरताले शिक्षाको सम्बन्धमा देशले कतिको उन्नति गरेको छ भन्ने कुरा व्यक्त गर्छ । देशमा जति धेरै शिक्षित हुन्छन् त्यति नै देशको आर्थिक र सामाजिक विकास गर्न सजिलो हुन्छ । औसत साक्षरता दरमा प्रौढ साक्षरता र स्कूल भर्ना दरलाई समावेश गरिएको हुन्छ तर त्यसमा उच्च शिक्षा तर्पmको उपलब्धीलाई भने समावेश गरिदैन । प्रौढ साक्षरतालाई बढी भार दिइन्छ र विद्यालय भर्ना दरलाई कम भार दिइन्छ । यी मानहरुकोमानहरूको पनि अधिकतम र न्यूनतम उपलब्धिको तुलनात्मक मान प्राप्त गरिन्छ । जसलाई साक्षरता सूचक भनिन्छ । यी दुवै उपलब्धिको अधिकतम र न्यूनतम मान क्रमशः १०० र ० मानिएको छ ।
 
==आर्थिक स्तर==
[[प्रतिव्यक्ति आय|प्रति व्यक्ति आय]] एउटा महत्त्वपूर्ण आर्थिक सूचक हो । जसले देशमा मानिसहरुलाईमानिसहरूलाई मर्यादित जीवनस्तरमा बा“च्नका लागि आवश्यक पर्ने साधनहरु कत्तिको प्राप्त छन् भन्ने कुराको सूचना प्राप्त हुन्छ । प्राचीन अवधारणामा प्रतिव्यक्ति आय वा राष्ट्रिय आयलाई नै मानवीय विकासको प्रमुख सूचक मानिन्थ्यो । अहिले आयलाई महत्त्व दिइएको छ । तथापि सम्पूर्ण सूचक मानिएको छैन । प्रति व्यक्ति आयले क्रय शक्तिको ठीक नाप दिन नसक्ने हुंदा सर्वप्रथम त्यसलाई क्रयशक्तिमा रुपान्तर गरिन्छ । त्यसैले यस नापको नाम प्रतिव्यक्ति आय क्रय शक्ति सूचक (पी पी पी) हो ।
प्रतिव्यक्ति आय क्रय शक्ति कसरी अनुमान गर्ने ?
प्रति व्यक्ति आय क्रय शक्ति पत्ता लगाउन क्रयशक्ति समताको प्रयोग गरिन्छ । यसको कारण के हो भने प्रति व्यक्ति आयले भन्दा क्रय शक्ति समताले आयको वास्तविक जानकारी प्राप्त हुन्छ । क्रय शक्ति समतालाई एउटा उदाहरणद्वारा व्याख्या गर्न सकिन्छ । मानौ. एउटा ब्रेड जुन नेपालमा ५० रु मा पाइन्छ त्यस्तै ब्रेडलाई अमेरिकामा एक डलर पर्छ । मुद्राको विनिमय दर अनुसार १ यु एस डलरले १०० नेरु साट्न सकिन्छ भने नेपालमा १ डलरले २ वटा ब्रेड किन्न सकिन्छ । यदि नेपालको प्रति व्यक्ति आय ५०० यु एस डलर छ भने नेपालको क्रय शक्ति समता ५०० डलरको २ गुना बढी हुन्छ ।