"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये [[छन्द]], रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :
====छन्दविधान====
छन्द ग्रिक शब्द metron बाटmetronबाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।<ref>लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), '''[[कविता]] सिद्धान्त र नेपाली कविताको इतिहास''', काठमाडौँ : [[नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान]]</ref> यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले '''छन्द'''को संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।<ref>शर्मा, ----- (२०५५:१९), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
पङ्क्ति ४३:
:गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
:भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।
:बिदा बक्स्या जावस् खुशिसितखुसीसित म जान्याछु वनमा
:म चाँडै फिर्न्याछू बिरह नहवस् कत्ति मनमा ।
भानुभक्तीय रामायणमा '''वसन्ततिलका''' छन्दको पनि प्रयोग भएको छ । योचौध अक्षरको एक पाउ हुने, गण समूहमा त भ ज ज गुरु गुरु हुने र आठ अक्षरमा विश्राम हुने छन्द हो । उदाहरणका लागि तलको श्लोकलाई लिन सकिन्छ—
पङ्क्ति ५३:
प्रस्तुत रामायणमा प्रयोग भएको अर्को छन्द '''स्रग्धरा''' हो । यसमा एक्काइस अक्षरको एक पाउ र चार पाउको एक श्लोक हुन्छ । गण समूहमा म र भ न य य य हुने र प्रत्येक सात हक्षरमा विश्राम हुने यो छन्द बालकाण्ड र अरण्यकाण्डमा प्रयोग भएको पाइन्छ । यसको एउटा उदाहरण—
:डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या
:श्रीराम्का पाउका छाप् चिह्निकन खुशिलेखुसीले माथले ताहिँ टेक्या ।
:भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ
:ब्रह्माजीले नपाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।
पङ्क्ति १११:
:संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : युद्धकाण्ड २४४),......पूर्ववत्</ref>।।
उपर्युधृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं—
:यस्ता बात् गरिगरी राम् गया भनि सबै विस्तार् सुनाया जसै ।
:कौसल्या दशरथ्जिलाई रिसले वाक्–वाण् बजारिन् तसै <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : अरण्यकाण्ड १६),......पूर्ववत्</ref>।।
=====रामचरितमानसमा अलङ्कार=====