"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
{{बौद्ध धर्म}}
 
'''बुद्ध धर्म''' एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध ([[गौतम बुद्ध]]) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो '''सम्यक सम्बुद्ध'''को रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरूमावर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य सङ्घ छन्: [[थेरवाद]], [[महायान]] र [[वज्रयान]]। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ ।
 
[[बुद्ध]] भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौँ सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति । बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।" शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
== धार्मिक महत्त्व तथा ऐतिहासिक पृष्ठभूमिः ==
 
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुलेअवशेषहरूले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुलेव्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रूपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरुकोठाउँहरूको भ्रमण समेत गरे ।
प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमागर्नेहरूमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमायात्रीहरूमा हुयेन साड्डको यात्रा विवरणहरुलेविवरणहरूले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो ।
पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् ।
सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुकोसंघसंस्थाहरूको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्त्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुकोमानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रूपमा विकसित हुँदै गइरहेको छ ।
=== चार आर्य सत्य ===
१. दुःख : यस दुनियामा सबै केही दुःख छ। जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई न पाउनुमा, सबैमा दुःख छ । <br />
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/903174" बाट अनुप्रेषित