"बूढानीलकण्ठ मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बूढानीलकण्ठ''' प्रसिद्ध तीर्थस्थल हो । यो [[काठमाडौकाठमाडौं उपत्यका]]को उत्तर तर्फ शिवपुरी डाडा को काख मा अवस्थित छ | यहि देवस्थल को वरिपरि रहेको वस्ती लाई पनि बुढानीलकण्ठ भनिन्छ|
 
प्राचीन समयमा समुद्र मन्थन गर्दा बहुमूल्य रत्नहरू र अमृतसमेत उपलब्ध हुँदा भयङ्कर कालकुट विष पनि अगाडि पर्न आएकोले देवता र असुरहरूबीच कोलाहल मच्चियो । भगवान् [[शिव]]ले कोलाहललाई साम्य पार्न उक्त हलाहल विष पान गर्नुभयो । उक्त विष निल्न उपयुक्त नभएकोले आफ्नो घाँटीमा अड्काएर राख्नुभयो । विषको प्रभावले शिवको घाँटी नीलो भयो । त्यसैले उहाँलाई नीलकण्ठ भनियो । बूढा शब्द आदरार्थी वाचक हो । पुजनीय अर्थमा विभूषित गर्न बूढा शब्द नीलकण्ठका अगाडि राखिएको भन्ने तर्क गर्छन् हिन्दू धर्मावलम्बीहरू | तर यो प्रस्तर मुर्ति हरिहर को हो भन्ने विश्वास गरिन्छ किन भने मूर्ति, चतुर्भुज भगवान् नारायण कै प्रतित हुन्छ । भगवानका चारहातमध्ये तीन हातमा शङ्ख, चक्र र गदा रहेको छन् भने चौथो हातमा कमलको फूल हुनुपर्नेमा अलिकति फरक विभूति खरानीको डल्ला जस्तो रहेको देखिन्छ ।