"नारद पोखरी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २९:
जनैपुर्णिमाको अवसरमा गोरखाको वारपाक गाउँ विकास समितिको माथिल्लो क्षेत्रमा पर्ने नारद पोखरीमा ठुलो मेला लाग्ने गर्छ । नारद पोखरी कुन गाविसमा पर्छ भन्ने विषयमा भने एकमत पाइदैन । वारपाक वासिले वारपाक गाविसको वडा नम्बर ४ मा पर्ने दावी गरेका छन्। भने केहीले उहिया गाविसमा पर्ने पनि बताएका छन् । यस विषयमा सरकारी निकायबाट स्पष्ट जानकारी आउन सकेको छैन । तर सो पोखरी जाने एकमात्र सजिलो बाटो वारपाक गाउँ भएर जाने नै हो । विभिन्न कारणले गाउँ छाडेका र वसाइ सरेर अन्यत्र गएकाहरु पनि जनैपुर्णिमाको बेला भने मेला भर्न आइपुग्छन् । जनैपुर्णिमामा पोखरीमा नुहाएमा विभिन्न छालाका रोगहरु दीर्घरोगहरु निको हुने र मागेको वर पाइने विश्वासले गोरखाको वारपाक लाप्राक सिम्जुङ मुच्चोक श्रीनाथकोट जौवारी स्वाँरा सौरपानी लगायतका गाविसबाट ४ सय भन्दा बढी तीर्थयात्रीहरु हरेक वर्ष पोखरीमा पुग्ने गर्छन् ।
साउन महिनामा जनैपुर्णिमा परेको वर्ष पोखरीमा नुहाउन
पोखरीमा तीर्तयात्रीहरु ५१ सालदेखि मात्रै जान थालेका हुन् । थोरै रूपमा मानिसहरु जाने आउने गरेपनि कसैले चासो देखाएका थिएनन् पछि सबैले जानुपर्छ भन्ने विश्वास गरे वारपाकका पुरबहादुर घलेले बताए । वारपाकीहरु सबै एक पटक नारद पोखरी पुग्ने गरेका छन् । घर कुर्ने र नावालक बाहेक सबै नुहाउन जान्छनू उनले भने ।
पोखरी क्षेत्रमा प्रायजसो तीर्थयात्रीहरु अघिल्लो दिन साँझनै पुगिसकेका हुन्छन् । अघिल्लो दिन पुगेकाहरु रातभर गीत गाएर रमाइलो गरी बस्छन् । वस्तीदेखि निकै टाढा रहेकाले सुत्ने ठाउँको अभाव पनि छ । त्यसैले जनैपुर्णिमाको अघिल्लो रात युवायुवतीहरु रातभर दोहोरी गाएर बस्छन् ।
नारद पोखरी निकै प्रसिद्ध तीर्थस्थल भएपनि प्रचार प्रसारको अभावमा पछाडी परेको वारपाक महिला समाजकी संयोजक दलकुमारी घलेले बताइन् । पोखरीको प्रचार प्रसारका लागि सकि्रय भइ लागि परेका महिलाहरूको टोली यसवर्ष नारद पोखरी पुगेको छ ।
नारद पोखरी जाने समयनै जनैपुर्णिमाको बेला हो । उक्त समयमा
नारद पोखरी जाने बाटो
गोरखा सदरमुकामबाट नारद पोखरी ४ दिनमा पुग्न सकिन्छ । सदरमुकामबाट श्रीनाथकोटको भालुस्वाँरासम्म वसमा गएपछि विस्तारै हिडेर जाँदा पहिलोरात सिम्जुङको वालुवामा वास वस्न सकिन्छ । भोलीपल्ट विहानै उठेर हिडेपछि विभिन्न झरना र खोलाहरु हेर्दै खाना खान वारपाक गाविसकै वडा नम्बर २ मान्द्रेमा पुगिन्छ । त्यसपछिको एक घण्टाको पैदल यात्रामा वारपाक गाउँ पुगिन्छ ।
पोखरीको छेउमा
नारद पोखरी पुग्न नसक्नेहरु बाटोमा रहेका साना
[[श्रेणी:पोखरी]]
|