"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{नेपालको इतिहास}}
'''लिच्छवि काल''' प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० वर्ष) रहेको इतिहास पाइन्छ।{{cn}} कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री [[हुयान साङ]] को यात्रा वृत्तान्त अनुसार [[वैशाली]]बाट भागेर आएका केही वीर पुरुषले [[किराँत]]हरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र [[चाँगुनारायण मन्दिर]]का अभिलेखहरू अनुसार [[मानदेव]] लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, [[मानदेव]] भन्दा १६ पुस्ता अगाडि [[विक्रम_संवत| विक्रम संवतको]] दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र [[धर्मदेव]] हुन् । [[मानदेव]] पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेवगङ्गादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन [[अंशुवर्मा]] र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।
==लिच्छविहरूको उत्पत्ति==
लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रूपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ।
पङ्क्ति २०:
===न्याय व्यवस्था===
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।
लिच्छविकालिन समयमा कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी ४ अधिकरणको व्यवस्था थियो जसमध्ये कुथेर अधिकरणले राजस्व संकलनसङ्कलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने,
माप्चोक अधिकरणले विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने र शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने व्यवस्था थियो।