"कीर्तीनिधि विष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७२:
चन्द्र समशेरले सिंहमरमर प्रयोग गरेर बनाएको सिंहदरबारबाट निस्केको आगोको राप पुतलीसडक, बानेश्वर थापाथलीसम्म फैलिएको थियो । तर, देशको प्रधानमन्त्री त्यो दृश्य टुलुटुलु हेर्न विवश थिए ।
 
शाही नेपाली सेनाका जवानहरुलेजवानहरूले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकैउनीहरूकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन ।
 
सिंहदरबार ह्वारह्वारी जलिरहँदा तत्कालीन प्रधानमन्त्री विष्ट रातभरि बालुवाटार नफर्किकनै त्यहीँ बसे । बिहान उज्यालो भएपछि उनी युद्ध हारेको सिपाहीजस्तो बनेर बालुवाटार फर्किए । अनि राजीनामा लेखेर दरबारमा राजा वीरेन्द्रलाई बुझाए ।
पङ्क्ति ९२:
थरले विष्ट भए पनि कीर्तिनिधि क्षेत्री नभएर उपाध्याय बाहुन हुन् । उनी राजपुरोहितका सन्तान हुन् । राजघरानाका पाण्डेहरु उनका मावली हुन् ।
 
पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रूपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रूपमा उनका समकालीनहरुलेसमकालीनहरूले लिने गरेका छन् ।
 
पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौँ ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।
पङ्क्ति ११३:
राजा महेन्द्रले ०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गरे । सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बने । सो मन्त्रिमण्डलमा सूर्यबहादुर थापा अर्थमन्त्री थिए ।
 
तत्कालीन राजा महेन्द्रले मन्त्रीहरुकोमन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका गर्‍यै गर्थे । मन्त्रिपरिषदको अध्यक्ष उनी आफैं थिए भने उपाध्यक्ष डा. तुल्सी गिरीलाई बनाएका थिए ।
 
राजाले ०१९ साल चैत्र २० गतेदेखि भने डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी सुम्पिए । र, विष्टलाई शिक्षाका साथै निर्माण, सञ्चार र यातायात मन्त्रालयको समेत जिम्मेवारी दिए ।
 
यही क्रममा ०२० साल चैत्र २० गते कीर्तिनिधि विष्टको जिम्मेवारी फेरियो । उनलाई शिक्षामन्त्रीका साथै परराष्ट्र मन्त्री पनि बनाइयो । यो सरकारमा पनि डा. गिरी नै अध्यक्ष थिए भने अर्थमन्त्रीसमेत रहेका सूर्यबहादुर थापालाई उपाध्यक्ष बनाइएको थियो । विष्ट मन्त्रीहरुकोमन्त्रीहरूको ५ औं बरियतामा थिए ।
 
विसं ०२१ साल माघ १३ गते पुनर्गठन भएको नयाँ मन्त्रिमण्डलमा डा. तुल्सी गिरीलाई हटाएर सूर्यबहादुर थापालाई अध्यक्ष बनाइयो । र, पाँचौं बरियतामा रहेका विष्टले दोस्रो बरियतामा उक्लिएर परराष्ट्र, भूमिसुधार कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी सम्हाले ।
पङ्क्ति १४६:
==राष्ट्रवादी एवं सादगी नेताको छवि==
 
अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रूपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रूपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्वपूर्णमहत्त्वपूर्ण भूमिका खेले ।
 
चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रूपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् । <ref> {{cite web|url=http://www.dainiknepal.com/2017/11/276818.html|title=झन्डै आँसु झारेनन् केपी अोलीलेओलीले...}} </ref>
 
 
नेपाली राजनीतिमा विष्टको योगदानबारे पक्कै पनि विश्लेषकहरुलेविश्लेषकहरूले समीक्षा गर्लान् । तर, समग्रमा हेर्दाखेरि उनको राजनीतिक विशेषता भनेकै चीनसँगको विशेष सम्बन्ध निर्माण गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउनु, भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।
 
र, अर्को पनि के स्मरणीय हुन सक्छ भने विष्टले ०१७ सालदेखि निरन्तर राजतन्त्रको सेवा गरे पनि उनी क्रुर शासक होइनन् । ०३६ सालमा विद्यार्थी आन्दोलन चर्कनासाथ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिए भने जनआन्दोलनको मुखमा प्रधानमन्त्री पदसमेत छाडेर विवादबाट टाढै बसे ।