"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २६:
वर्तमान नेपालको राष्ट्रिय-झण्डाको परिकल्पना [[पृथ्वीनारायण शाह]]ले गरेकोमा सन्देह छैन। [[गोरखा राज्य|गोर्खाली राजाहरू]] आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोर्खालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी [[नेपाल अधिराज्य|नेपाल-अधिराज्य]] बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो। पृथ्वीनारायण शाहका अनुयायीहरू यही झण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। सन् १८१४ देखि १८१६ सम्म चलेको [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध)]] मा हजारौ नेपालीले यहि झण्डा को शान बचाउनको लागि बलिदान गरेका थिए । पृथ्वीनारायणदेखि [[सुरेन्द्र विक्रम शाह]]को राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झण्डा नै फहराइन्थे। प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]ले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह कुँवर राणा]]को प्रशासनकालसम्म [[राणा वंश|राणा प्रधानमन्त्री]]का महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।
 
राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज [[त्रैलोक्य विक्रम शाह]]को देहान्त भएकाले यिनका नाबालक छोरा [[पृथ्वी वीर विक्रम शाह]]लाई सुरक्षाको बहानामा प्रधानमन्त्री रणोद्दीप सिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्रधानमन्त्री [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर राणा]]ले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने [[नारायणहिटी दरबार संग्रहालयसङ्ग्रहालय|नारायणहिटी राजभवन]]मा रहेको इतिहास पाइन्छ।
 
वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।<ref>[http://himalkhabar.com/news.php?id=3843 राष्ट्रिय-झण्डा प्रा. श्रीकृष्ण आचार्य]</ref>