"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २१:
==इतिहास==
आजभन्दा लगभग ५ हजार वर्ष पहिले भारतको ऐतिहासिक सिन्धु सभ्यतामा ‘चन्द्र’ वंशीय
पङ्क्ति ३५:
*आकासवाणी हुन उदयदेव ।।
कालीका अनन्य भक्त मानिएका उनी नश्वर देहत्याग गरे पश्चात भगवतीका पार्षदको रूपमा स्थापित भई यस क्षेत्रमा पुजिदै आएका हुन् । अहिले यहाँका स्थानीय निवासीहरु विशेष गरेर चन्द ठकुरीहरुका यिनी कुलदेवता मानिन्छन् । यसदेवताको आल वा (क्षेत्रभित्र) कैलपाल, समैजी,मसानी, सिमडा,लोटने,महारुद्र, सिद्घबाबा, महाकाली नामक देवी–देवताहरु रहेका छन् । अहिले भगवान श्री कृष्णको मन्दिर पनि यस क्षेत्र नजिक बनाइएको छ । सुदूरपश्चिम क्षेत्रका अन्य देवस्थानहरु शिवायल, दुर्गा, काली, गणमेश्वर, शिवनाथ, असिमीकेदार, राउलाकेदार, महारुद, समैजी, थलकेदार, भागेश्वर, बैजनाथ, मेलौली, निङ्गलासैनी ,त्रिपुरासुन्दरी, र भारतको कुमाउँमा पर्ने जागेश्वर र नन्दादेवीमा पनि वार्षिक पूजा वा जात्राहुँदा उदयदेवका धामीलाई पनि बोलाइन्छ र सम्मान गरिन्छ । यी कैयौँ
*पाश्र्ववर्ति महाकाली सर्वदा शक्ति दायिनी ।
पङ्क्ति ४४:
*देव्या देवत्व प्राप्नोती उदयदेव नमोनमः ।।३।।
*
<ref>डोटीक्षेत्रको प्रचीन
==स्थान==
श्री उदयदेवको प्रमुख मन्दिर [[महाकाली अञ्चल]] , [[बैतडी जिल्ला]]मा, पर्ने पाटन नगर पालिकामा रहेको संगौरकोटको ‘मैतड’ भन्ने स्थानमा अवस्थित छ । यसका अलावा बैतडी पाटनबाट पैदल एकदिनको दूरीमा दक्षिण–पश्चिममा पर्ने महाकाली नदीको किनारामा अवस्थित तल्लोस्वराड अन्तरगत ‘कपाडी’ भन्ने ठाउँमा शिवनाथ देवताका मन्दीर परिसरमा उदयदेवको एक अर्को भव्य मन्दिर पनि रहेको छ । यो मन्दिर पनि बैतडी जिल्लाका प्रमुख दर्शनीय मन्दिरहरू मध्ये पर्दछ । यसका अलावा सुदूरपश्चिम नेपालका अन्य भागमा राजा उदयदेवका ३१ अरु मन्दिरहरु रहेका छन् । त्यस्तै भारतको हिमाञ्चलप्रदेश र उत्तराञ्चल राज्यका कैयौँ
==पुजारी, धामी, भरणे र कार्यकर्ताहरु==
पाटन स्थित ब्रह्मउदयदेवताका मुख्य पुजारी स्थानीय उपाध्याय ब्राह्मण
== जात्रा बृतान्त==
उदयदेवको मुख्य पूजा चैत्र महिनामा पर्ने महाअष्टमीमा लाग्ने गर्दछ । त्यस्तै असोज महिनामा पर्ने नवरात्रमा पनि यहाँकी स्थानीय सात बहिनी दुर्गाहरु : डिलासैनी, बोदलाशैनी, पोटलाशैनी, भगाशैनी, भरणशैनी, रणसैनी र निङ्गलासैनीको विधिवत् आवाहन र पूजा–आजा गरेर ब्राह्मण द्वारा सप्तशतीको पाठका साथै हवन पनि गराइन्छ । मुख्य पूजा वा जात्रा हुँदा चारराठ, चन्दठकुरीहरु, दशौनी विष्ट, भण्डारी, कठायत, ऐडी, त्यसै गरेर चार करिया थर भित्रपर्ने पहरी, भूल, दमाई, भाण इत्यादी सबै भक्तजनहरु आ–आफ्नो जिम्माको काम श्रद्घाभावले पुर्खौ देखी गर्दै आइरहेका छन् । दशौनी बिष्ट भनेका राजा जैतु चन्दका पालादेखी पाटन राज्यकोशको दशअंश मध्ये एक अंश भाग खानु भनी दिएको अधिकारक्षेत्र भित्र पर्न आउने विष्टहरु हुन् । आश्विन नवरात्रमा पर्ने पञ्चमीका दिन भक्तहरूले मन्दिरमा आफ्नो गच्छे अनुसारको चिनोवानो चढाउँछन् । धामी कामेर प्रसाद स्वरुप सबै भक्तहरूका निधारमा टिका लगाउँने गर्दछन् । महाअष्टमीका दिन बिहानै देखी बलीका निम्ती ल्याइएका राँगा, बोका र खसीहरु मन्दीर परिसरमा बाँधिन्छन् । सर्वप्रथम ल्याइएको राँगो कालो खाम भन्ने रुखमा बाँधिन्छ । कालोखाममा बाँधिने राँगोे चन्दहरुका चारराठ मध्येबाट क्रमै सँग पालै–पालो गरी ल्याईन्छ । त्यस दिन राती अवेरसम्म सुदूरपश्चिम नेपाल र भारतको पिथौरागढबाट पनि राँगाहरु आइ रहन्छन् । महाअष्टमीका रातीबाट नवमीका दिउसो ४ बजेसम्म यसक्षेत्रका ख्यातीप्राप्त डेउडाखेलका गीतेरुहरु लगायत सबै भक्तजनहरु विशेषतः‘साल्ली’ भन्ने ढपमा दोहोरी डेउडाखेल खेल्ने गर्दछन् । सन्तान नभएका महिलाहरू सन्तान प्राप्तिका लागि र सन्तान भएका महिलाहरू अन्य मनोकामना पूर्तिका लागि रातभरी एकैस्थानमा उभिएर आफ्ना दुबैहात संयुक्तगरी त्यसमा अखण्डदीप बाल्ने गर्दछन् । अष्टमीका राति ११ बजेबाट देवताको मुख्यपूजा सुरु हुन्छ । पूजा सकिए पछि सर्वप्रथम मन्दीर परिसरभित्रै रहेको कालीकाको स्थानमा बोका र
त्यस पछि अबेर राति कैलपालका धामीको नेतृत्वमा ‘बयाँल’ जात्रा अगाडि बढ्दछ । प्राचीनकालमा
==प्राप्त शिलालेखमा उदयदेवको प्रसस्ति==
पङ्क्ति ६१:
==पुग्ने तरीका==
कैलालीको धनगढी वा अत्तरियाबाट बस वा जिपमा डँडेलधुरा सम्म आरामसँग ६ घण्टाको समयमा पुग्न सकिन्छ । डँडेलधुरामा पर्याप्त सुविधा सम्पन्न होटलहरु र रेष्टुरेन्ट रहेका छन् । त्यहाँबाट सुदुरपश्चिमका प्रायः सबै गन्तव्यका लागि आवश्यकता अनुसार भाडाका सवारी साधनहरु बस,जीप,कार सजिलै पाउँन सकिन्छ । रिजर्व जिपबाट बिहानै यात्रा सुरुगर्ने हो भने बैतडिको ऐतिहासिक उदयदेव मन्दीर, त्रिपुरासुन्दरी भगवति , जगन्नाथ मन्दीर, निङ्गलासैनि भगवती र राउला केदारको दर्शन गरी त्यसैदिन साँझ डडेलधुरा फर्किन सकिन्छ । साँझ डडेलधुराकै प्रसिद्घ उग्रतारा भगवतीको आरती दर्शन समेत गर्न सकिन्छ । ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा बजारको शिरानमा अवस्थित छ भने, महाभारत कथामा घटोत्कच भनेर उल्लेख गरिएका घटाल देवताको मन्दीर पनि डँडेलधुराबाट नजिकै आधा घण्टाको दुरीमा रहेको छ । यसरी बैतडीका ५ वटा र डँडेलधुराका २
<ref>स्थानिय भनाइ </ref>
|