"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-पुर्याएको +पुर्‍याएको)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २६:
उनी प्रधानमन्त्री भएपछि बृटिसले तिब्बत माथी हमला गर्न योजना बनाए । चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त [[थापाथली सन्धि]] अनुसार नेपालले त्यस्तो गर्न हुदैनथ्यो । चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए । चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो ।
 
१९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे । करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरुमा [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशम्शेर]], [[रुद्र शमशेर जङ्गबहादुर राणा|रुद्रशम्शेर]], [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशम्शेर]], [[बबर शम्शेर जङ्गबहादुर राणा|बबरशम्शेर]], [[केशर सम्शेर राणा|केशरशम्शेर]], [[सिंहसम्शेर राणा|सिंहशम्शेर]], हिरण्यशम्शेर, ज्वाइ [[जयपृथ्वीबहादुर सिंह]], मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गंगाबहादुरगङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, [[दरबार हाई स्कुल|दरवार हाइस्कुल]]का हेडमाष्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरुको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए ।
 
भ्रमणका क्रममा [[अक्सफोर्ड विश्वविद्यालय]] पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । <ref>[http://nepal.ekantipur.com/news/2018-12-06/20181206160502.html रित्तो हात फर्किएका राजा]</ref>