"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १६:
| title = फादर अफ डेमोक्रेसी
सर्वमान्य नेता
लौह पुरुष
| notable_works = जनाअन्दोलन २०४६को नेतृत्व
| spouse = [[मंगलादेवीमङ्गलादेवी सिंह]]
| religion = [[हिन्दू धर्म|हिन्दु]]
| children = प्रदीपमान सिंह
[[प्रकाशमान सिंह]]
डा. मीना सिंह
कान्ता मानन्धर
रीता बैद्य
पङ्क्ति ४१:

=== २००७ सम्म ===
अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल [[राष्ट्रिय प्रजापरिषद]]को सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भयो। तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा नै उनको [[मंगलादेवीमङ्गलादेवी सिंह|मंगलादेवीमङ्गलादेवी]] सँग विवाह भयो। यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए। तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर)मा भएको थियो। तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो। उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो। जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन। २००१ साल वैशाख (सन् १९४४) का एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए। जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, [[कोलकाता]], बनारस र लाहौर पुग्नुभयो। यसक्रममा उनको [[कोलकाता]]मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २००१ सालमा सम्पर्क भयो। विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल)मा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]] बन्यो। उनी [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को संस्थापक नेता बने।

वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र [[महेन्द्र नारायण निधि]] आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-22/20170622190502.html|title=[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना}} </ref> <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-14/20170614190313.html|title=[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास}} </ref> <ref> {{cite web |url=http://archive.setopati.com/samaj/66850/|title="म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्"}}</ref> २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]को नेतृत्वमा बनेको [[राणा - काङ्ग्रेस मन्त्रिमण्डल|मन्त्रिमण्डल]]मा सिंहले उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हाले।
पङ्क्ति ५५:

=== २०४६ देखि २०५४ ===
जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघसङ्घ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।
[[File:Ganesh Man Singh Statue.JPG|thumb|त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रहेको गणेशमानसिंहको शालिक]]
२०४९ सालमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को [[झापा जिल्ला]]को कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]सँग उनको मतभेद हुन पुग्यो। २०५१ साल भदौमा उनले [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]] छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।

२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी [[मंगलादेवीमङ्गलादेवी सिंह]]को निधन भयो। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो। श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो। स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र [[प्रकाशमान सिंह श्रेष्ठ|प्रकाशमान सिंह]] तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र [[रीता वैद्य]] हुन्। [[काठमाडौँ|काठमाडौँ महानगरपालिका]]का पूर्व नगरप्रमुख [[पीएल सिंह]] भने नेता सिंहका धर्मपुत्र हुन्। उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ। <ref>[http://www.hamrosamachar.com/koshdetail.asp?id=405&cat=5 हाम्रो समाचार डट कम]</ref>

उनलाई आन्दोलनको क्रममा समातिएपछि उनको गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण उनलाई हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात उनले [[शाह वंश|राजा बीरेन्द्र]]को प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र [[कृष्णप्रसाद भट्टराई]]लाई प्रधानमन्त्री बनाए। उनलाई लौहपुरुषको संज्ञा / उपाधी पनि दिइएको थियो।
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित