"प्राचीन ओलम्पिक खेल" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
 
पङ्क्ति १०:
प्राचीन ओलम्पिक खेलमा विभिन्न प्रकारका खेलहरू आयोजन हुनेगर्थे। विशेष गरी एथ्लेटिक्स, जिम्नेजियम, पालास्ट्रा, शरीर प्रदर्शन आदि खेलहरूको आयोजन गरिन्थ्यो। यस खेलमा ग्रीसेली मूलका पुरुषहरूलाई अनि स्वतन्त्र पुरुषलाई सहभागी बन्ने अधिकार थियो। यस खेलमा महिला, दास र विदेशीले सहभागिता जनाउन पाउँदैन थिए। धेरैजसो खेलाडीले सहभागिताका लागि धेरै महिनाको व्यक्तिगत प्रशिक्षण र तयारी गर्नुपर्थ्यो। खेल शुरु हुन चार हप्ताअघि नै उनीहरू ओलम्पियामा पुगिसकेको हुनुपर्थ्यो। ओलम्पियामा उनीहरूले छनौट प्रतियोगितामा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्नसक्थे। खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउने परम्परा रहेको थियो। खेलका नियमहरू नमान्ने खेलाडीलाई जरिमाना लगाउने परम्परा प्राचीन ओलम्पिकमै रहेको थियो।
 
प्राचीन ओलम्पिकमा चर्चित खेलाडीहरू धेरै रहेका थिए। क्रोटनका मिलोले ईशापूर्वको सातौंसातौँ सताब्दीको उत्तरार्धमा ओलम्पियामा सातपटक विजय प्राप्त गरेका थिए भने तासोसका थियोजेनेसले प्राचीन ओलम्पिक खेलहरूमा १३ सयभन्दा धेरै विजय प्राप्त गरेको बताइन्छ। रोडेसका लियोनिडासले दौडमा १२ पटक जैतुन पत्ता (ओलिभ लीफ) जीतेको बताइन्छ। रोडेसका डायगोरासले ईशापूर्व ४६४मा ओलम्पियामा आफ्नो छोरो, नातिसितै बक्सिङ जीतेका थिए।
 
प्राचीन ओलम्पिकमा व्यक्तिगत प्रतिसपर्धा हुन्थे। प्रतियोगिताहरू स्टेडियम र हिपोड्रोममा आयोजन हुनेगर्थे। पहिलो दिन खेलाडीहरू र निर्णायकहरूले शपथ ग्रहण गर्ने चलन थियो। दोस्रो दिन हिपोड्रोममा घोड सवारी प्रतियिगिताहरू आयोजन हुनेगर्थे जसमा चारवटा घोडाको दौड खेललाई प्रमुख मानिन्थ्यो। दोस्रो दिन नै बेलुकी पख डिस्कस, लङजम्प, जेवेलिन, दौड र कुस्तिजस्ता खेलहरूको आयोजन हुनेगर्थे।