"शाह वंश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण)
पङ्क्ति ४०:
सन् १७४२ मा २० वर्षको कलिलै उमेरका [[पृथ्वीनारायण शाह]] गोर्खा राज्यमा गद्दिनासिन भएपछि काठमाडौँ लिनु नै उनको प्रमूख कार्यक्रम रहेको देखिन्छ।
==== नुवाकोट ====
त्यसै शिलशिलामा १७४३ मा उनले काठमाडौँ अधिनस्थ राज्य नुवाकोट आक्रमण गरे। यद्यपि यस युद्धमा उनी सफल भएनन् लगत्तै अर्को वर्ष १७४४ मा नुवाकोट माथि आक्रमण गरे। उही वर्षको सेप्टेम्बर २६ का दिन उनले नुवाकोट माथि सान्दार विजय हाँसिल गरे। यो काठमाडौँ विरुद्ध गोर्खाको शक्ति परिक्षणपरीक्षण युद्ध थियो। अझ स्पष्ट भन्नुपर्दा यो युद्ध जय प्रकाश मल्लको हैसियत जाँच्ने युद्ध थियो।
=== उपत्यका ===
भक्तपुर गोर्खाको मितेरी सम्बन्धमा गाँसिएको राज्य थियो। पाटन अस्थिर राजनीतिका कारण कमजोर राज्य थियो। तसर्थ काठमाडौँ उपत्यका माथिको विजय जय प्रकाश मल्लमाथिको विजयमा निर्भर थियो। काठमाडौँलाई सिधै आक्रमण गर्नु मूर्खता ठान्ने गोर्खाका नवराजाले काठमाडौँ वरिपरिका राज्य र क्षेत्रहरूलाई कब्जा गरे सन् १७४६ मा। एउटा लामो सान्नाटा पछि गोर्खाले अचानक १७५७ मे २८मा कीर्तिपुर आक्रमण गरे। यस युद्धमा [[पृथ्वीनारायण शाह]]लाई जय प्रकाश मल्लले जिते। किनकि युद्ध निति जय प्रकाश मल्लको थियो। उनले उपत्यकाका राज्यहरूका सैनिक एकता गरी गोर्खा विरुद्ध युद्ध लडे। पाटन राज्यको अधिनस्थ राज्य कीर्तिपुर सेप्टेम्बर २६, १७६४को युद्धमा पनि विजयी बने। १७६४ ताका उपत्यकाका राज्यहरूको स्थिति १७५७ तिर जस्तो थिएन। राज्यहरू वीच मतभेत विद्यमान थियो। वास्तवमा आपसि फूट र अदुरदर्शिता नै [[मल्ल वंश]]को पतनको मूल कारण बन्यो। १७६५मा गोर्खाले कीर्तिपुर लियो। [[पृथ्वीनारायण शाह]]को मूल निशाना बाँकी नै थियो। एकातर्फ सन् १७६८ सेप्टेम्बर २५ का दिन इन्द्र जात्राको भोजसंगै काठमाडौँ उपत्यकाकै सबै भन्दा शक्तिशाली राज्यको अन्त भयो भने अर्को तर्फ विशाल नेपालका निम्ति शाहवंशीय राज्यसत्ताको उदय भयो। त्यसपछि अक्टोबर ६, १७६८ मा पाटन र नोवेम्बर १३, १७६९ मा मितेरी सम्बन्धको अन्त गर्दै भक्तपुरमाथि सहज जित हासिले गरे। काठमाडौँमा हारेका जय प्रकाश पाटनमा हारे अनि अन्तमा भक्तपुर राज्यसंगै उनको जीवनको अन्त भयो। भौगोलिक रूपले [[पृथ्वीनारायण शाह]]बाट जग बसालिएको नेपाल एकीकरण बहादुर शाह र राजेन्द्र लक्ष्मीले सम्पन्न gareka thie । तैपनि नेपालको मानाचित्र जंग बहादुर राणाको समयसम्म फेरबदल भइरह्यो। सन् १८१६ को सुगौली सन्धिले १/३ नेपाली भूभागलाई भारतमा मिलायो। जंग बहादुर राणाको नेतृत्वमा १८५७को भारतको सिपाही विद्रोहमा नेपाली जनताले दिएको पसिना रगतको मोल स्वरूप कैलाली, कंचनपुर, दाङ, देउखुरी नेपाललाई फिर्ता भयो। तब बर्तमान नेपालको मानाचित्र १८१६ को हार र १८५७ को विजयले कोरेको देखिन्छ।
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित