"कास्की जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति ८७:
 
==परिचय==
यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणाली अन्तर्गत सेती गण्डकी,मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन् । यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाईन्छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, [[सेती नदी]]को कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभगनजिकलगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये [[अन्नपूर्ण प्रथम]] (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक [[माछापुच्छ्रे हिमाल]](६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी [[अक्षांश]]सम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ<ref>जिल्ला विकास समितिको कार्यालय, कास्की २०७२ हाते पुस्तिका</ref>। कास्की क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ७५ जिल्लाहरूमध्ये क्रमशः सत्ताइसऔ र तेइसऔ स्थानमा पर्छ|<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" /> उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।