"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

सा →‎बाहिरी सूत्र: clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनो: हातले पूर्ववत
सा बोट: स्वचालित पाठ परिवर्तन (-कथाहरु +कथाहरू)
पङ्क्ति ६८:
थापा पच्चीस वर्षी हुँदा नेपालबाट दार्जिलिड्ग पुगेका त्रिमूर्तिमध्ये महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]ले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि [[लेखनाथ पौड्याल]] र नाट्यसम्राट् [[बालकृष्ण सम]]लाई पनि थापाको व्यक्तित्वप्रति आकर्षित गरेका थिए । देवकोटाले उनका डायरीमा लेखेका थिए “तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।” यसै प्रसङ्गमा गणेश गुरु अर्थात् गणेशप्रसाद शर्मा नेपाल भन्थे “थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन् ।”<ref name="SahityaSangraha"/>
औपचारिक रूपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाई निरन्तरता दिइरहिन् । दार्जिलिङ्गवाट प्रकाशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित 'पतन' [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
‌‌‍‍‍‍देवकुमारी थापाले विशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाईन् । उनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुनपखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरुकथाहरू आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ । <ref name="khulakitab"/>
उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो।
===समाजसेवा===