"ठकुरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने '''ठकुरी''' नेपाली भूमिमा भूमिपुत्र आदिवासी हो । ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य खस दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै विभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। [[कर्णाली प्रदेश|कर्णाली]] र [[गण्डकी प्रदेश|गण्डकी]] प्रदेशको इतिहास हेर्दा ठकुरी जातिको उद्गम र एतिहासिक तथ्य पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य [[खस]] , [[जनजाति]], [[दलित]] र मधेशी भनेर बिभाजन गरिए पनि ठकुरीहरूलाई यो विषय स्वीकार योग्य छैन। गण्डक क्षेत्र ( मगारात क्षेत्र ) का ठकुरीहरू खस आर्य होइनन । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति भएकोले आफ्नो स्वार्थको भन्दा पनि विषेश राष्ट्रको लागि जीवन दान दिने वीर जात वा जाती हो । केहि कर्णाली क्षेत्रको ठकुरीलाई खस जातिको विकसित रूपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरिगरी गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक हुन । ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । नेपालका इतिहासविद् [[राजाराम सुवेदी|डा. राजाराम सुवेदी]], डा. सूर्यमणी अधिकारीका अनुसार खस शाषकको अवसान पछि मगर सामन्तहरुले सेन शाह शाही र खाण थर राखेर ठकुरी राजा भए । नेपालमा (१) बैदिक आर्यन, (२) खश र (३) मंगोलमुलकागरी तीन किसिमका ठकुरीहरू भेटिन्छन । यिनका आ-आफ्नै मान्यता, चालचलन देबी/देवता ,मौलिकता, भाषा, रहन सहन छ | शाररिक बनौट पनि फरक -फरक देखा पर्छ । ३ किसिमका ठकुरी अन्तर्गतपर्ने नेपाली ठकुरीका थरहरू निम्न अनुसार छन् | [[पाल (थर)|पाल]] , [[बम]], [[चन्द]], [[सिंह]] , [[शाही]], [[मल्ल]], शाह, [[सेन]] , [[राठौर]] ,,[[हमाल]],[[उच्चै]], [[वंशी]] आदि । अरु पनि धेरै थर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । बैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसंग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मंगोल ठकुरीको इतिहास र पहिचानसंग अन्यको मिल्दैन । यस कारण यस बिषयमा बिबिधता छ । एक ठकुरीको इतिहास र पहिचानलाई सबै ठकुरीको इतिहास र पहिचान भन्नु गलत हुन्छ । ठकुरीको बिषयमा लेख्दा धेरै कुराको बिषयमा बुझेर ,जानेर लेख्नु पर्छ । <ref name=" प्रा.डा.सूर्यमणि आधिकारी "> प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “ </ref>
 
==ठकुरी र मगरहरू==
"https://ne.wikipedia.org/wiki/ठकुरी" बाट अनुप्रेषित