"मन्त्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अवस्य +अवश्य)
पङ्क्ति ९:
मानवले कुनै पनि बोल्छ भने त्यो एक शब्द हो र त्यसको सम्बन्ध अर्थसँग हुन्छ भने त्यो कल्याणमय बन्न जान्छ । जसको मूलमा अर्थ विद्यमान रहँदैन ति शब्द निरर्थक हुन्छन् । [[कालिदास]]ले 'वागर्थाविव' भनेर यसै कथनको पुष्टि गरेका छन्, परन्तु जसको मूलमा अर्थ छ ति शब्द नै सार्थक हुन् किनकी शब्दलाई ब्रह्म भनिएको छ तसर्थ सबै शब्दहरू ब्रह्ममय छन् । हामी संसारीहरू जुन शब्दको अर्थ राम्ररी बुझ्दछौं त्यस्ता शब्दलाई सार्थक भन्छौं तर जुन शब्दहरूलाई हामी बुझ्न सक्दैनौ त्यस्ता शब्दहरू नै धेरै ठुलो उचाईंमा हुन्छन् । अथवा त्यस्ता शब्दहरू नै उच्च कोटीका हुन् । हाम्रो बुद्धी ति शब्दहरूको मूलसम्म पुग्न सक्दैन त्यसैले हामी आफ्नो अहंमा वसिभुत भएर ति शब्दलाई निष्क्रिय भनेर छोडी दिन्छौं ।<ref name= "मन्त्र रहस्य"/>
कति पय ठाउँमा उच्च कोटीका साधकहरूको ध्यान टुटेको बेलामा उनको मुखबाट धेरै यस्ता शब्द निस्कन्छन् जसको आपसमा कुनै पनि सम्बन्ध अथवा तारतम्य रहन्न । त्यो देखेर हामीहरू अचम्म मान्दै साधकको मुखमा हेर्न थाल्छौं र साधुले केही भने होलान् भन्ने कुराले आफ्नो मनलाई सम्झाएर शान्त हुन्छौं तर ति शब्दहरू आफैमा अत्यन्त महत्त्वपूर्ण हुन्छन् । किनकी यिनको धराताल यती अग्लो हुन्छकि हामी सामान्य मान्छे त्यो उचाइँमा पुग्न सक्दैनौं । वास्तवमा मान्छेको मुखबाट कुनै पनि शब्द निस्किन्छ । त्यो 'मन्त्रमय' हुन्छ । जुन शब्दको अर्थ बुझ्न सकिन्छ उनलाई बातचितको संज्ञा दिइन्छ भने जो शब्द त्यतिकै मुखबाट निस्कन्छ, जुन शब्दको अर्थ हामीहरूलाई थाह छैन त्यो शब्दलाई व्यर्थको शब्द मान्न थाल्दछौं । वास्तवमा कुरा के हो भने जुन शब्दको अर्थ बुझ्न सकिन्छ त्यो लौकिक शब्द अथवा सामान्य शब्द हो भने जसको अर्थ बुझ्न सकिन्न त्यस्ता शब्द नै आफ्नो महत्त्व राख्दछन् । यस प्रकारले निश्चित लय र शब्दहरूबाट बाँधिएको समूहलाई नै मन्त्र भनिन्छ ।<ref name= "मन्त्र रहस्य"/>
जब मान्छे एक अर्कासँग कुरा गर्छन् त्यो मन्त्र नै हो, किनकी एक निश्चित लय र सिमाले बाँधिएका शब्द समूहको प्रभाव अर्को मान्छेको मनमा अवस्यअवश्य पर्दछ किनकि उसले ति शब्दहरूको मूल र अर्थको बारेमा बुझेको हुन्छ । उदाहरणको लागि कुनै सम्मपन्न व्याक्तिको ढोकामा एक भिखारी गएर 'म भोकै छु' भन्छ भने यो वाक्य मन्त्रमय छ किनकी यो शब्दको प्रभाव गृह स्वामीको चित्तमा पर्दछ । <ref name= "मन्त्र रहस्य"/>
 
==मन्त्रको प्रभाव==
एकजना मान्छे बाटोमा हिंडिरहेको छ र एक भिखारीले त्यो मान्छेसँग याचना गर्छ भने त्यो मान्छेले भिखारी तर्फ हेर्दै नहेरेर अगाडि बढ्छ केही पर गएपछि अर्को भिखारीले पहिलेको भिखारीले भनेको शब्द प्रयोग गर्दै त्यो बाटो हिंड्ने मान्छेसँग केही माग्छ भने त्यो मान्छे द्रवित भएर त्यो भिखारीलाई केही न केही दिएर जान्छ । यसमा दुईटै भिखारीहरूले एउटै शब्दको प्रयोग गरेका थिए तर पहिलो भिखारीले सामान्य तरिकाले आफ्नो कुरा भनेको थियो, अर्को भिखारीले त्यही शब्दलाई विशेष लयसँग उच्चारण गर्यो त्यसको प्रभाव त्यो व्याक्तीमा गहिराईंसँग पर्यो । भनाईको तात्पर्य यो होकी मन्त्रको प्रभावमा ध्वनी र लयको विशेष महत्त्व हुन्छ । जसको मूलमा निश्चित लय अथवा ध्वनी हुँदैन त्यो मन्त्र निरर्थक हुन्छ ।<ref name= "मन्त्र रहस्य"/>
यस प्रकारले ति शब्दहरू निरर्थक हुन्छन् जसको मूलमा अर्थ भए पनि ति शब्दहरू विशेष लयसँग उच्चारण गरिएन भने उनको प्रभाव सर्वथा नगण्य हुन्छ । जस्तै:- एक कवि सम्मेलनमा कुनै हास्यरसको कवि मञ्चमा उँभिएर एक विशेष लयसँग आफ्नो हास्य [[कविता]] सुनाउँछ भने टाढा बसेका श्रोताहरू पनि हाँस्न थाल्छन् । त्यही कवितालाई कुनै अन्य पाठकले त्यसै मञ्चमा उभिएर वाचन गर्छ भने एक स्रोता पनि हाँस्दैन । यसमा स्थान र शब्द उही हो तर एक व्यक्ति ति शब्दहरूलाई एक विशेष लयसँग पढ्छ भने त्यसको प्रभाव टाढा बसेका श्रोताहरूको चित्तमा पर्छ । तर उनै शब्दलाई लयको विना पढियो भने यसको प्रभाव बिल्कुल पनि पर्दैन ।<ref name= "मन्त्र रहस्य"/>
यसबाट प्रष्ट हुन्छ कि शब्द या उसको अर्थले मन्त्र शास्त्रको दृष्टिसँग विशेष महत्त्व राख्दैन, एक विशेष लय तथा ध्वनीले महत्त्वपूर्ण प्रभाव राख्दछ । कविले जुन शब्दको प्रयोग गरेका थिए ति शब्द एक अर्कासँग जोडिएकाले अर्थमय अवस्यअवश्य थिए । तर, कविसँग कविता वाचन गर्ने एक विशेष ढङ्ग या लय महत्त्वपूर्ण थियो जसको प्रभाव श्रोताहरूमा पर्यो र उनीहरू टाढा बसेर पनि हाँस्न थाले । मन्त्रको मूल लय नै हो । जो साधक एक निश्चित लयको साथमा मन्त्रको उच्चारण गर्छ त्यो निश्चय नै सफलता प्राप्त गर्छ । तर, यदी सोझो रूपले त्यो मन्त्रको पठन गरियो भने त्यो प्रभावशाली हुँदैन किनभने त्यो शब्द अथवा वाक्यसँग लयको संयोग छैन ।<ref name= "मन्त्र रहस्य"/>
==मन्त्रमा गुरुको महत्त्व==
 
"https://ne.wikipedia.org/wiki/मन्त्र" बाट अनुप्रेषित