"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४२:
 
== एकीकृत ने.क.पा. (माओवादी) : ==
२०४७ श्रावणमा ने.क.पा.(मशाल), प्रचण्ड, ने.क.पा.(चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक सङ्गठन, रुपलाल विश्वकर्मा, बीचमा एकता भई पार्टी नाम ने.क.पा. (एकताकेन्द्र) राखियो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा.(मसाल) बाट विद्रोह गरी हरिवोल गजुरेल (शितलकुमार) को नेतृत्वमा [[बाबुराम भट्टराई|डा. बाबुराम भट्टराई]] लगायतको टिम ने.क.पा. (एकताकेन्द्र)मा प्रवेश गर्‍यो ।
 
== एकता राष्ट्रिय महाधिवेशन : (२०४८ मंसिर ४) : ==
२०४८ मंशीर ४ बाट४बाट चार समूहको एकताबाट बनेको एकताकेन्द्रको एकता महाधिवेशन भयो । एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गर्‍यो । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालीन जनयुद्ध, रुपलाल विश्वकर्माले आधार इलाकाविनाको दिर्घकालीन जनयुद्ध, निर्मल लामाले शशस्त्र शहरी विद्रोह गरी तीन लाइन प्रस्तावित भयो, तर अत्याधिक बहुमतले प्रचण्डले पेश गरेको प्रस्तावलाई पारित गर्‍यो । महाधिवेशनले संसदीय निर्वाचनलाई जनवादी क्रान्तिको पक्षमा उपयोग गर्ने निर्णय गर्‍यो । क. प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्व महामन्त्रीहरुको सो महाधिवेशनमा सहभागिता थियो । महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण गर्‍यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो । जसमा [[कृष्णबहादुर महरा]] (रोल्पा), खड्क बहादुर बुढा (रुकुम), [[बर्मन बुढा]] (रोल्पा), [[छक्कबहादुर लामा]] (हुम्ला), [[अमिक शेरचन]] (चितवन), [[लिलामणि पोख्रेल]] (ललितपुर), इमानसिंह लामा (काभ्रे), विष्णु बहादुर तामाङ (सिराहा), कमल चौलागाई (रामेछाप), राष्ट्रिय सभामा घनश्याम शर्मा पौडेल र सिन्धुनाथ प्याकुरेल थिए ।
 
२०४९ सालमा वर्ग संघर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरुसँग व्यापक बहस भयो, तर निर्मल लामाहरु वैधानिक संघर्षलाई मूख्य माने। जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । २०५१ साल फागुन २–४ मा ने.क.पा.(एकताकेन्द्र) को तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गरियो । समन्वयको गन्ध आउने भएकाले ने.क.पा.(एकताकेन्द्र) नाम परिवर्तन गरी ने.क.पा.(माओवादी) राखियो । २०५२ साल आषाढमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं उपचरणको निर्णय गर्‍यो ।
पङ्क्ति ५९:
एकीकृत माओवादीको २०६६ असार–श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय गर्‍यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय पनि गर्‍यो । बहुपदीय निर्णयअनुसार अध्यक्ष क.प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्घय क.डा. बावुराम भट्टराई, क.नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव क.रामबहादुर थापा (बादल), सचिवद्घय क.सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) बने ।
 
संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। २०६९ असारमा एकीकृत (माओवादी) बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। एकीकृत ने.क.पा. (माओवादी) ले २०६९ माघमा सातौं महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित गर्‍यो ।
 
== संविधान सभाको दोस्रो निर्वाचन ==