"विन्डोज १०" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ७५:
 
सबैभन्दा पछिल्लो र परिस्कृत विन्डोज १०
माइक्रोसफ्टले हालै विन्डोज १० सार्वजनिक गर्यो । यसमा विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरुले एक वर्षका लागि विन्डोज १० मा अप्ग्रेड गर्न पाउाने भएका छन् । विन्डोज १० अझ आकर्षक टास्क बार र स्टार्ट मेन्युलाई पुरा स्क्रिन बनाउन सकिने क्षमताका साथ आएको छ । यसको विल्डमा पनि अप्डेट गरिएको एक्सन बटन रहेको छ जसमा, दाहिने तर्फ नोटिफिकेसन बार रहेको छ । यसतर्फ तपाईको मनपर्ने एपको सर्टकट र सेटिङ पनि रहेको छ । कोर्टाना माइक्रोसफ्टले विन्डोज १० का लागि ल्याएको भोइस असिस्टेन्ट हो । आफूले जान्न चाहेका सवालहरु जस्तो मौसम, फ्लाइट ट्राकिङ् र अन्य ठाउा विशेषका जिज्ञासाहरु सोधेर तिनको जवाफ प्रप्त गर्न सकिन्छ । त्यस्तै आफ्नो अप्रेटिङ सिस्टमलाई सबै प्लाटफर्ममा पुर्याउनका लागि माइक्रोसफ्टले ८ इन्च वा सोभन्दा साना आकारका डिभाइसहरु जस्तो स्मार्टफोन वा सना ट्याब्लेटमा विन्डोज १० कस्तो हुनेछ भनेर देखाएको छ । त्यस्तै अब पिसी तथा मोबाइलमा विन्डोज १० एकै प्रकृतिले काम गर्नेछ । विश्वव्यापी अनुभव एउटै बनाउनका लागि माइक्रोसफ्टले आफ्ना एपहरुलाई पुन: परिमार्जन गरेको हो । अर्को विशेषताको रूपमा माइक्रोसफ्टले लामो समयदेखि प्रतीक्षा गरेको नयाँ ब्राउजर “स्पार्टन” ल्याएको छ । यस ब्राउजरले गुगल क्रोमलाई पनि चुनौति दिने आंकलन गरिएको छ । प्रयोगकर्ताले ब्रउजरले राखेको “रिडिङ् लिस्ट” मा पछि पढ्नका लागि वेबपेजहरु अफलाइनमा सेभ पनि गर्न सक्नेछन् । त्यस्तै विन्डोज १० मा रहेको एक्सबक्स एपले गेमरहरुलाई एक्सबक्स लाइभमा रहेका आफ्ना साथीहरुबीच भोइस र टेक्स्ट च्याट गर्न सक्ने सुविधा दिएको छ । भिडियो गेमका क्लिप्सहरुलाई इन्स्ट्राग्राममा जस्तै गरी सेयर पनि गर्न सकिने छ । अर्को महत्त्वपूर्ण फिचरको रूपमा माइक्रोसफ्टले ब्यवसायका लागि फोके डिस्प्ले स्क्रिन भएको माइक्रोसफ्ट सर्फेस हब सार्वजनिक गरेको छ । विन्डोज १० मा आधारित साँच्चै नै ठूलो आकारको यस ट्याबलेटबाट सोकेस प्रेजेन्टेसन, स्काइप कलहरु र वाइटवोर्डमा जस्तै गरिगरी यसमा लेख्न सकिन्छ ।
==यो पनि हेर्नुहोस्==
 
"https://ne.wikipedia.org/wiki/विन्डोज_१०" बाट अनुप्रेषित