"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २०३:
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाण्डौ महानगरपालिका स्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ ।
 
देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरिगरी सरल एवं सुलभ प्रणाली बिकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसंधान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन ।
 
===प्रशासन विभाग===
पङ्क्ति २०९:
 
===कार्य विभाग===
देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफू मातहत रहने गरिगरी मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफू मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनितिक समुहहरूको बारेमा सूचना संकलन गरिगरी त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरिगरी प्रहरी परिचालन गर्ने कार्य गर्दछ ।
 
=== कार्य निति ===
पङ्क्ति २८३:
 
== कम्प्यूटर निर्देशनालय ==
सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्‌म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्‍याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सोसँग सम्बन्धी उपकरणहरू खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरूको चेक जांच गरिगरी सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरू वितरण गरिगरी सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।
 
=== '''प्रहरी प्रधान कार्यालय, कम्प्यूटर निर्देशनालयको काम कर्तब्य''' ===
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित