"कृष्ण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपको +रूपको)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ५९:
 
=== पुतना बध ===
मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका)लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो। राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफुआफू घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो,? यत्रो आवाज कसरी कहाँबाट आयो,? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा [[होली]] मनाएर होलीका जलाउने चलन यथावत छ।<ref>श्रीकृष्ण चरित्र पुतना बध</ref>
 
=== यमुलार्जुन उदार ===
पङ्क्ति ६९:
=== राधीका चरित्र ===
[[चित्र:Radha krishna.jpg|200px|thumb|राधाकृष्ण]]
राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग [[निकुञ्ज वन]] र वृन्दावन हजारौ लिला रचाएका थिए। राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई [[लक्ष्मी]]को अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुराए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्। सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफुआफू मुरली बजाउन लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।
 
=== गोवर्धन धारण ===
पङ्क्ति ७५:
 
=== चिरहरण ===
एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए। भगवान श्रीकृष्ण पनि गोपीहरूको आफुआफू प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए। तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे। श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीहरू भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले। कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने। गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।
 
=== वत्सासुर, बकासुर बध ===
पङ्क्ति ८१:
 
=== प्रलम्बासुर, केसी बध ===
भगवान श्रीकृष्णलाई गोकुलमा भएको थाहा पाए पछि कंशले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफुआफू पनि तिनीहरूसँगै खेल्ने आग्रह गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले। यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।<ref name= "सुकसागर"/>
 
=== कालीनाग मर्दन ===
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित