"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २५:
म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे । उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरुलाई अंग्रेजीमा अनुवाद गरेका थिए । म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए । सन् १८७९ मा म्याक्स मुलरले युरोपेली पाठकका लागि कठ उपनिषदको पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । तर यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान [[राजा राममोहन राय]] (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।
<br />
त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमारूपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो ।
<br />
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
पङ्क्ति ९२:
 
==उपसंहार==
उपनिषदहरुको अनुवाद एक जटिल र श्रम साध्य कार्य हो । दर्शन, कला, विज्ञान, प्रविधि, र भाषाका क्षेत्रमा भएका अनेकौं प्रगति र उपब्धि भए तापनि उपनिषदको विषय वस्तुको प्राविधिक शब्दावली आज पनि आफ्नै मूल स्वरुपमास्वरूपमा रहेको छ । यसको सान्दर्भिकता उसको आफ्नै भाषा शैलीमा छ । यसले उपनिषदको विषय वस्तु र प्रस्तुतिकरण देश, काल, र समयभन्दा अतीत छ भन्ने कुरा पुष्टि गर्छ ।
 
== सम्बन्धित लेखहरू ==
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित