"कृष्ण" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २१:
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुशार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा [[कंस|कंश]]को कारागार भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला [[नारद]]मुनी आएर कंशलाई भने- "जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।" नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने।
यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई "गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।" भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा [[यमुना नदी|यमुनाजी]] पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन।<ref>श्रीकृष्ण चरित्र (जन्म लिला)</ref> यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै "पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ" भनिन्। यी बालीका महा शक्ति योगमाया [[दुर्गा|दुर्गा भगवती]]को अवतार थिईन्
कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको संकेत बेथलहेमको ताराले दिएको थियो । बुद्धकी आमा मायावतीले [[बुद्ध]] गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमारूपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमारूपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रुपमारूपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।
जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अत्यन्त हलुका रुपमारूपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आंखाले हेर्न सकिंदैन ।
 
==इतिहासका प्रमाण==
पङ्क्ति ५०:
हे बिश्व ब्यापी त्रयता पहारी
उद्धार हाम्रो घर हे मुरारी
ईश्वरीय शक्तिको रुपमारूपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । [[ऋग्वेद]]मा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमारूपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रुपमारूपमा सुन्दरतम रुपमारूपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमारूपमा नै सुन्दरतम रुपमारूपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य [[उपनिषद्|उपानिषद]] (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । [[पाणिनि|पाणिनी]] अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]] (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ ।<ref>कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> कृष्णलाई विशेष पूजित व्यक्तितवको रुपमारूपमा संकेत गरिएको छ । [[पातञ्जली]] महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।<ref>https://en.wikipedia.org/wiki/Patanjali</ref>
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमाईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे । <ref>* महाभारत टी भी धारावाहिक</ref>
 
== बाल लिला ==
पङ्क्ति ९१:
==विभिन्न नामहरू==
कृष्णले कंशलाई मारेर मथुरा कब्जा गरेपछि कंश का अनन्य मित्र मगधराज [[जरासन्ध]] ले कंश हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए। त्यसपछि कृष्णको नाम 'रणछोडदास' रहन गयो। <ref name="N">[http://www.nagariknews.com/opinion/story/8541#sthash.3I1cMd9p.dpuf रणछोडदास]</ref>
==ईश्वरुपमाईश्वरूपमा पहिचान==
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमाईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।
 
== गृहस्थ जीवन ==
पङ्क्ति ९९:
==गोपिकाहरुसंगको प्रेम==
 
कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपी र राधासंगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरु थिए भने त्यस प्रेमको वर्णन उनहरुले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरुको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमारूपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाइंदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासंग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन् ।
ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् ।
नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरुलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरुलाई दूषित गरेका थियो । ती कन्याहरुलाई कसैले मुक्त गर्न सकेको थिएन । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरुलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरुको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । र कृष्ण पत्नी भएपछि तिमीहरुको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।
 
== स्वर्गारोहण ==
महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयगमा पापीहरूको अन्त्य गरेका थिए । जतीबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमारूपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको रुपमारूपमा वृद्धी भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इछ्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता [[गान्धारी]]ले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् ।<ref name= "सुकसागर"/> गान्धीरीको श्रापको प्रभाव र भगवान कृष्णको इछ्छा भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला [[दुर्बाशा]] ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इछ्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धी भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषीको तपस्याको परीक्षा लिने विचार गरे । याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्बाशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यीनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्बाशा ऋषी स्वभावमा निकै रिशालु थिए । याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाह पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नास गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो ।<ref name= "सुकसागर"/> यो देखेर याद्वपहरू निकै डराएर घर फर्के । जंगलमा भएको सबै घटना सुनेपछी कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुन्द्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे । अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारीलो पात भएको झार उम्रियो । मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले बाण बनायो ।<ref name= "सुकसागर"/> यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे । महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछी याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो । यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हथियार भाँचिए । हथियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले । जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो । यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । जरा नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो । व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा बाण प्रहार गर्यो । त्यो बाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै बाणबाट भयो । यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई "म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तै पनि तँहिले मलाई [[रावण]]सँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इछ्छा अनुशारको वर माग्न भनेपछी तँहिले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन" भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे ।<ref name= "सुकसागर"/>
महाभारतमा श्रीकृष्ण एक महापुरुषको रुपमारूपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई [[मुसल पर्व]]मा बडो सुन्दर रुपमारूपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुत्रहरुमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।
 
==कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्व==
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन [[अर्थव्यवस्था]]का पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्त्व दिइन्थ्यो ।
राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरुलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरुले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरुले अनावश्यक रुपमारूपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरुले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरुमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ । <br />
==नेपालमा कृष्ण भक्ति धारा==
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, [[विद्यापति मिश्र]], [[इन्दिरस]] कृष्ण भक्ति धाराका कवि हुन् । [[बालागुरु षडानन]] र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं. [[नारायण प्रसाद पोखरेल]]को पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ ।
 
==भगवान कृष्णको जीवन==
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरु सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमारूपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बmुभाइ दिएका थिए । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल संग निःसंग रहने कर्मण्येवाधिकारस्ते...को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः. नै अवतरित हुन सक्छ ।
महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरुले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरुलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरुको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो । <br /><ref>* महाभारत (सम्पूणै) गीताप्रेस गोरखपुर</ref>
एक महान योद्धामात्र होइनन् शान्तिदूतको रुपमारूपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरुलाई उनले उपदेश दिएका छन् । त्यसैले उनी महान शिक्षक पनि हुन् ।
भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् । उनका गुण अनन्त छन् । सन्त पुरुषहरुले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरुले पूर्णावतार भन्दछन् ।
==भगवान् कृष्णको वाणी– गीतासार==
पङ्क्ति १२८:
* जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्याैवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।
..
* जुन कार्य मेरो सेवाको रुपमारूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।
...
* विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित