"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बिश्वास +विश्वास)
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ४२:
 
== काशी यात्रा ==
यात्राका लागि चाहिने आवश्यक खर्च र सरसामानका साथै सुरक्षाका लागि छ रेजिमेन्ट सेना तैनाथ गरिए । यसका अतिरिक्त जङ्गबहादुरका विश्वासपात्र काजी करवीर खत्री, काजी हेमदल थापा, कप्तान खड्गबहादुर कुंवर, कप्तान धीरबहादुर कुँवर र सुब्बा सिद्धिमान सिंह राजभण्डारी आदि विशेष निगरानीका लागीलागि खटिनुका अतिरिक्त काशी जाने यस लावा लस्करका साथमा एकजना अंग्रेज अफिसरको पनि उपस्थिति थियो ।
 
संवत् १९०३ साल मार्गशुक्ल षष्ठी मंगलवारको दिन पाले पहरा सहित ३०० अङ्गरक्षकका साथ श्री ५ राजेन्द्रविक्रम शाहले राजधानीबाट बनारसका लागि प्रस्थान गरे । बिहानको साइतमा हात्ती, घोडा, पाल्की, पाल र आवश्यक सरसामानका साथ सैनिकहरूले सुसज्जित महारानी एवं राजकुमारहरू सहित राजेन्द्रविक्रम शाहको सवारी त्यसदिन फर्पिङ पुग्यो । यसको भोलिपल्ट चीसापानी र पर्सिपल्ट मकवानपुरमा बास बसी पांचौदिन अर्थात् मार्गशुक्ल त्रयोदशी आइतवारका दिन विसौलिया हुंदै यसको भोलिपल्ट सोमवार बरेवा कचहरी आइपुग्यो । यात्राभरि नै राजा र रानीका लागीलागि सुत्ने पालहरूको भने छुट्टाछुट्टै ब्यवस्था गरिएको थियो तापनि सधैंजसो विहान बेलुका राजेन्द्रविक्रम राज्यलक्ष्मीको पालमा २/३ घण्टासम्म समय बिताउने गर्दथे । यसभन्दाबाहेक राजाले अन्य कसैसँग पनि एकान्त गर्न नपाउन् भन्ने हेतुले भारदारहरूलाई श्री ५ को पालसंगै सुत्नू, एक्लै नछाड्नू र त्यहाँको एक एक विवरण लेखेर पठाउनू भन्ने जङ्गवहादरको निर्देशन थियो । तर पनि भारदारहरूले राजाको पालसंगै सुत्ने आँटभने गर्न सकेका थिएनन् । उता सीमानापार बसेका जङ्गबहादुरका विरोधीहरू भने श्री ५ राजेन्द्रको काशी आगमनको खबरले राजासँग भेटगर्ने प्रतीक्षामा आतुर देखिन्थे । १९०३ साल मार्गशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाको पर्व पारेर रौतहट स्थित वरेवानदीको तीरमा श्री ५ राजेन्द्रविक्रम बाट तोलादान भयो । यस उपलक्ष्यमा त्यस भेगका शाही नातेदार अर्थात् नानी साहेबका साथै राजाको आफन्तहरूको पनि उपस्थिति थियो ।
 
== देशनिकाला ==