"महाशिवरात्रि" का संशोधनहरू बिचको अन्तर

सा 45.123.221.30 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name=महाशिवरात्रि
|type=हिन्दू
|image=saga Shiva.jpg
|caption=शिवजी
|observedby=[[हिन्दू धर्म|हिन्दू]]हरू
|observances= व्रत, [[शिवलिङ्ग]]को [[पूजा|पुजा]]
|longtype=हिन्दू
|date = फाल्गुण कृष्ण चतुर्दशी तिथि
|date{{#time:Y}} = १७ फेब्रुअरी <ref>{{cite web |url=http://kalnirnay-2015.com/february-2015-kalnirnay-calendar-wallpaper-pdf-download/26/ |title=February 2015 Calendar with Holidays |accessdate=20 November 2014}}</ref>
|significance= शिवजी तथा पार्वतीको महाविवाहको दिन
|frequency=वार्षिक
|relatedto=
}}
 
<section begin=अंश />'''महाशिवरात्रि''' अथवा '''शिवरात्री''' हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान [[शिव]]को प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।<section end=अंश /> व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन '''शिवरात्रि पर्व''' कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।<ref>कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
 
[[चित्र:Worshipers in pashupati.jpg|thumb|right|200px| शिवरात्रिमा [[पशुपतिनाथ मन्दिर|पशुपतिनाथको मन्दिर]]मा दर्शनार्थीहरूको घुइंचो]]
 
[[फागुन|फाल्गुण]] [[कृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]मा शिवरात्रि पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।
 
==इतिहास==
तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रुपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न । <ref name=aas>[http://www.nayapatrika.com नयाँ पत्रिका], मंगलबार ५ फागुन, २०७१, पृष्ठ ६</ref>
"https://ne.wikipedia.org/wiki/महाशिवरात्रि" बाट अनुप्रेषित