"नारद पोखरी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न) |
||
पङ्क्ति २८:
'''नारद पोखरी''' [[गोरखा जिल्ला]]मा अवस्थित पोखरी हो । प्रशिद्द गाउँ [[वार्पाक|बार्पाक]]बाट करिब १९ किलोमिटर उत्तरमा [[बुद्ध हिमाल]]को काखमा रहेको यो पोखरी १३,५०० फिट उचाईमा अवस्थित छ । यो पोखरीमा प्रत्येक वर्ष [[श्रावण शुक्ल पूर्णिमा|जनै पूर्णीमा]]का दिन ठूलो मेला लाग्ने गर्दछ ।
जनैपुर्णिमाको अवसरमा गोरखाको वारपाक गाउँ विकास समितिको माथिल्लो क्षेत्रमा पर्ने नारद पोखरीमा ठुलो मेला लाग्ने गर्छ । नारद पोखरी कुन गाविसमा पर्छ भन्ने विषयमा भने एकमत पाइदैन । वारपाक वासिले वारपाक गाविसको वडा नम्बर ४ मा पर्ने दावी गरेका छन्। भने केहीले उहिया गाविसमा पर्ने पनि बताएका छन् । यस विषयमा सरकारी निकायबाट स्पष्ट जानकारी आउन सकेको छैन । तर सो पोखरी जाने एकमात्र सजिलो बाटो वारपाक गाउँ भएर जाने नै हो ।
साउन महिनामा जनैपुर्णिमा परेको वर्ष पोखरीमा नुहाउन जानेहरुको भीड अझै बढी हुन्छ । साउनमा पोखरी जाँदा लेक नलाग्ने
पोखरीमा तीर्तयात्रीहरु ५१ सालदेखि मात्रै जान थालेका हुन् । थोरै रुपमा मानिसहरु जाने आउने गरेपनि कसैले चासो देखाएका थिएनन् पछि सबैले जानुपर्छ भन्ने विश्वास गरे वारपाकका पुरबहादुर घलेले बताए । वारपाकीहरु सबै एक पटक नारद पोखरी पुग्ने गरेका छन् । घर कुर्ने र नावालक बाहेक सबै नुहाउन जान्छनू उनले भने ।
पोखरी क्षेत्रमा प्रायजसो तीर्थयात्रीहरु अघिल्लो दिन साँझनै पुगिसकेका हुन्छन् । अघिल्लो दिन पुगेकाहरु रातभर गीत गाएर रमाइलो गरी बस्छन् । वस्तीदेखि निकै टाढा रहेकाले सुत्ने ठाउँको अभाव पनि छ । त्यसैले जनैपुर्णिमाको अघिल्लो रात युवायुवतीहरु रातभर दोहोरी गाएर बस्छन् ।
नारद पोखरी निकै प्रसिद्ध तीर्थस्थल भएपनि प्रचार प्रसारको अभावमा पछाडी परेको वारपाक महिला समाजकी संयोजक दलकुमारी घलेले बताइन् । पोखरीको प्रचार प्रसारका लागि सकि्रय भइ लागी परेका महिलाहरूको टोली यसवर्ष नारद पोखरी पुगेको छ । उनीहरुले नारद पोखरीको यथार्थ कुरा वाहिर ल्याउन सकेमा दुधपोखरी गोसाइकुण्ड भन्दा नारद पोखरी कम महत्वको नभएको दावी गरेका छन् । नारद पोखरीको अर्को महत्वपुर्ण आकर्षण पोखरी जाने वाटोमा पाइने प्राकृतिक सुन्दरता हो । सो ठाउँमा
नारद पोखरी जाने समयनै जनैपुर्णिमाको बेला हो । उक्त समयमा वारपाकीहरुको भेडा नारद पोखरीको लेक वरपरनै चराउन लैजाने गरिन्छ । भेडीगोठ र
नारद पोखरी जाने बाटो
गोरखा सदरमुकामबाट नारद पोखरी ४ दिनमा पुग्न सकिन्छ । सदरमुकामबाट श्रीनाथकोटको भालुस्वाँरासम्म वसमा गएपछि विस्तारै हिडेर जाँदा पहिलोरात सिम्जुङको वालुवामा वास वस्न सकिन्छ । भोलीपल्ट विहानै उठेर हिडेपछि
पोखरीको छेउमा वारपाकीहरुले काठमाडौ लगायत देशका
नारद पोखरी पुग्न नसक्नेहरु बाटोमा रहेका साना पोखरीहरुमा नुहाएर पनि फर्कने गरेको स्थानियहरु बताउँछन् । बाटाको पोखरीमा नुहाउँदा पनि उत्तिकै पुण्य मिल्ने उनीहरुको भनाइ छ । सो ठाउँको प्रचारका लागि वारपाकी महिलाहरू सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सहयोगको आश गरेका छन् । गोरखाको उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने यो पोखरीको प्रचारमा सबैको ध्यान जाओस् ।
|