"हनुमान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १२:
 
{{टेम्पलेट हिन्दूत्व}}
'''हनुमान''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य [[वाल्मीकीय रामायण|रामायण]]मा सबैभन्दा महत्वपूर्णमहत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छन। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सँग युद्ध।
 
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्णमहत्त्वपूर्ण भूमिका देखाउनुभाको थियो।
 
==हनुमान : शव्दको विवेचना==
पङ्क्ति ३५:
 
==हनुमान र सिन्दुर लेपन==
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मासुलाई सुसँगठित शरीर निमार्णमा महत्वपुर्णमहत्त्वपुर्ण भूमिका खेल्दछ। रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो। त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे। हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो। त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ।
==हनुमान र बाँदर रूप==
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ। बाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए। जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो। यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए। यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए। बानर उसको 'टाटेम' थियो। यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे। एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे। आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ। रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए। मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे। पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो।
पङ्क्ति ५२:
अग्निपुराणअनुसार हनुमानको मूर्ति बनाउँदा एउटा हातमा बज्र लिएका र उनको खुट्टा तल जमीन भास्सिएको देखाउनु पर्दछ। रावले हनुमानको मूर्ति बनाउँदा रामको नाइटो, छाती वा तिघ्राभन्दा अलिकति माथिसम्म पुग्ने गरेर लम्बाई बनाउनु पर्दछ भनेका छन्। सप्तताल नापअनुसार ८४ लङ्गुर नापेर हनुमानको मूर्ति बनाउनु पर्दछ र दुईवटा हात मात्र बनाउनु पर्दछ। दायाँहात मुखनजीकै लगेको र देब्रे हात घुडाँसम्म लत्रिने गरेर बनाउनु पर्दछ। भक्त सेवकको जस्तो हनुमान अनुहार बनाउनु पर्दछ।
 
==हनुमान पुजन महत्वमहत्त्व==
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन्। वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन्। हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ। यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन्। हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ। उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए। वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ। आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।
 
पङ्क्ति ७२:
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए। यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ। मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए। पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ। "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए। दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ। उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ।
 
मल्लकालमा हनुमानको ठूलो महत्वमहत्त्व थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ।
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजीक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।
 
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित