"फूलपाती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
पङ्क्ति १४:
}}
 
[[दशैं]]को पहिलो दिन जस्तै [[सप्तमी]], [[अष्टमी]], [[नवमी]] एवं [[दशमी]] तिथिको महत्वमहत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप '''फूलपाती''' आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप [[केरा]], [[दारिम]], [[धान]], [[बेसार|हलेदो]], माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। <ref name="">{{ cite news| url=https://www.onlinekhabar.com/2018/10/713815 |title =कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा |accessdate=22 September 2019}} </ref>यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, [[लक्ष्मी]], [[दुर्गा]], [[चामुण्डा]], कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि [[इन्द्र]], [[शिव]], [[विष्णु]] एवं [[श्रीराम अवतार|श्रीराम]]ले [[वृतासुर]], त्रिपुरासुर, मधुकैटभ तथा [[रावण]] वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन [[गोरखा दरबार]]को दशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ [[हनुमानढोका दरबार|हनुमानढोका]] भित्र्याइन्छ ।
 
== कालरात्रि स्तूती मन्त्र ==
पङ्क्ति २७:
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
==कसरी मनाइन्छ फूलपाती ==
[[सप्तमी]] अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्वमहत्त्व छ । सप्तमी तिथिको दिन [[दशैं]]का लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारेमहत्त्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । [[शास्त्रिय विधी]] अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । हनुमानढोका दरबारको दसैँघरमा [[गोरखा जिल्ला]]बाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । [[गोरखा जिल्ला|गोरखा]]देखि [[धादिङ जिल्ला|धादिङ]] जिल्लाको जीवनपुरसम्म [[दसैँघर]]का पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म [[निजामती सेवाका उच्चपदस्थ अधिकारी]], [[गुर्जुका पल्टन]], [[ब्यान्डबाजा]], [[पञ्चैबाजा|पञ्चेबाजा]], [[सिङ्गारिएका कल्स्यौंडी]] र [[सांस्कृतिक नाचगान]]सहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । [[राजतन्त्र]] रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने [[संस्कृतिमन्त्री]] उपस्थित हुने गरेको छ ।
 
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित