"खस जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
||
पङ्क्ति ५६:
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरूको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव समुदायको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ।
मानव समुदायको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन्। <ref>[ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव समुदाय छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। <ref>[ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> मानव समुदायको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। <ref>[राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद–१ अठवाँ संस्करण – १९९३ , पृष्ठ ११]</ref> पुरात्वविद्हरूले मानव समुदायले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन् – पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। <ref>[प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ। मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसारका इतिहास युरोसिया पब्लिसिङ हाउस प्रा.लि. रामनगर, नइदिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६]</ref> यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र समुदायहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र समुदायहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो
खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्।इनिहरु कौकसिअन बर्न को हुन। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा – बिशाल नेपाल-- प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य समुदायहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य कौकसिअन खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) दुई शताब्दीमा मात्र नेपाल आएका समुदाय हुन्। यहाँका रैथाने समुदाय होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए।<ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो समुदायले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।
|