"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ४:
==नेपाल एकिकरण==
 
नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौंकाठमाडौँ उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।
 
सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ ।