"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २०:
 
===बसोबास तथा नामकरण===
'तामाङ' जातिनाम (Ethno-name) शब्द हो र भाषाको नाम पनि हो । यस शब्दले नेपालको काठमाडौँ उपत्यका र यसको वरिपरिका मध्यपहाडी भूक्षेत्रमा अनादिकालदेखि नै बसोबास गर्दै आएका आदिवासीलाई बुझाउँछ । विसाल तिब्बती साम्राज्य विस्तारको चरम स्थितिको समयमा नेपालका मध्यपहाडी क्षेत्रसम्म फैलिएको हुँदा तामाङ जातिको भाषा, धर्म, संस्कृति, रहनसहन र जीवनशैलीमा तिब्बती प्रभाव निक्कै देख्न सकिन्छ वा तिब्बती समुदायसंग धेरै समानता पाइन्छ । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरुपमा हिमाली महायानी बौद्ध धर्म अन्तरगत ङिङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरु प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौँ सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार भए पछि भने तामाङहरुले पनि बौद्ध धर्म अपनाएका हुन । तामाङ जाति मुलरुपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्याण्डनागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।
 
तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति' वा 'भाषा सृष्टिकर्ता' भन्ने हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्व र अहम भूमिका रहेको हुन्छ । 'ताम्बा' शब्दकै समअर्थमा 'तामाङ' शब्द रहेको छ । तामाङ शब्द 'तामपाङ्बा'बाट बनेको हो । तामाङ शब्दको अर्थ भाषा बोल्ने वा कुरा गर्न जान्ने हुन्छ । त्यसैले ताम्बाका अनुयायी वा सन्ततिलाई तामाङ भनिएका हुन । तर,नेपालमा कतिपय मान्छेहरुले तामाङ शब्दलाई गलत बिग्रह गरेर यसको अर्थ घोडाचडी सेना या घोडे भूत हो भनेर उरन्ठेउला तर्कहरु पनि गरेको पाइन्छ, जुन गलत छ ।
पङ्क्ति १५५:
 
==बसोबास==
नेपालको राजधानी [[काठमाडौं उपत्यका|काठमाण्डौ उपत्यका]]का आसपासका केहि जिल्ला [[ललितपुर जिल्ला|ललितपुर]], [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलाञ्चोक]], [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[रसुवा जिल्ला|रसुवा]], धादिङ्ग,[[नुवाकोट जिल्ला| नुवाकोट]] र यससँग सिमाना जोडिएका [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप]], [[मकवानपुर जिल्ला|मकवानपुर]], [[धनकुटा जिल्ला|धनकुटा]] लगायत केहि अन्य ठाउँहरुमा तामाङहरुको बस्ती रहेको छ ।
यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।
 
 
[[चित्र:Tamang Woman.jpg|thumb|200px|right|एक तामाङ महिला]]
 
 
==भेषभूषा तथा गरगहना==
Line १९५ ⟶ १९३:
* [[थकाली जाति]]
* [[राउटे जाति]]
 
* [https://en.wikipedia.org/wiki/Tamang_people Tamang People]
{{Commonscat|Tamang people}}
 
{{ढाँचा:नेपालका जनजातीहरू}}
 
[[श्रेणी:नेपालका जनजातिहरू]]
"https://ne.wikipedia.org/wiki/तामाङ_जाति" बाट अनुप्रेषित