"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ८:
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ। उहिलेका जमानामा घरेलु धागा बाट मुख टाउको छोप्ने मखरल, टोपी,र महिलाहरुले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र बिबिध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो।
 
केहि विश्लेषकहरुले टाउको "ढाक्ने" हुनाले टाउको "ढाक्ने टोपी" लाई कालान्तरमा "ढाका टोपी" भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं बर्षवर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।<br /><section begin="अंश" /><section end="अंश" />
 
==अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस==
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका संस्थापकहरु द्वय डा. लेखनाथ काफ्ले,(ताइवान) र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो । त्यसो गर्दा अन्तराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्षवर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्षवर्ष देखि स्वस्फूर्तरुपमा जागरुक युवा अभियान, नेपाल लगायत बिभिन्न समुह, संस्थाहरुले देश तथा बिदेशमा '''नेपाली टोपी दिवस'''को प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।
 
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन् । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।
पङ्क्ति २३:
 
=== छैठौं नेपाली टोपी दिवस ===
छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउन नेपाल बाहेक ४१ वटा बिभिन्न देशमा नेपाली टोपी प्रतिष्ठानका शाखाहरु समेत गठन गरिएका छन् । जागरुक युवा अभियानले हरेक बर्षवर्ष जस्तै यसबर्षयसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ पुस १७ गते बिहान ८ बजे (JAN 1 2019 Morning 8 Am) काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो। <ref>[https://www.baahrakhari.com/news-details/170625/2018-12-27 जनवरी १ मा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल - १२ खरी डिजिटल न्युज]</ref>
[[चित्र:छैठौ अन्तर्राष्ट्रिय टोपी दिवस.jpg|alt=|thumb|छैठौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस ]]
 
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित