"कन्फुसियस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Confucius - Project Gutenberg eText 15250.jpg|thumb|कन्फुसियसको सन् १९२२मा१९२२ मा बनाइएको चित्र, चित्रकार E.T.C. Werner)]]
'''कन्फुसियस'''(इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।
 
जुनबेला नेपालमा भगवान [[गौतम बुद्ध]] धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका [[चीन]]मा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम '''कन्फुसियस''' थियो। त्यस समय चीनमा [[चाऊ वंश]]को शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो।
यिनको जन्म [[जिसस क्राइस्ट]]को जन्मको करीब ५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो। यिनको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनको ज्ञानको आकांक्षा असीम थियो। तर वाल्यकालमा नै पिताको मृत्यु भएका कार ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठीन परेको थियो।१७थियो। १७ वर्षको उमेरमा यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन्। यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। यिनले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए।<br />
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ। <br />
चीनका महान दार्शनिक र विचारक कंफ्यूशियस (confucius)को जन्म ५५१ ईसा पूर्व चीनको पूर्वी प्रांत शानडोंग (शान तुंग)को क्यूफू (छ्वी फु) शहरमा भएको थियो। भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कंफ्यूशियसले राजनीतिमा चाख देखाएका थिए। कंफ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ ।
पङ्क्ति १०:
कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मंदिर र भवन समेत कैयौं घरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जस्लाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।
 
कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरु मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८०मा४८० मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/कन्फुसियस" बाट अनुप्रेषित