"माझी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्।
==साक्षरता==
माझी जातिको साक्षरता दर २३% मात्र रहेको छ। शैक्षिक हिसाबले माझीहरू एकदमै पछाडि परेका छन्। हालसम्म जम्मा ३ जनाले मात्र स्नातकोत्तर तह, (जसमा [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]]का दिलबहादुर माझी, [[उदयपुर (स्पष्टता)|उदयपुर]]का हरिबहादुर माझी र [[सुनसरी जिल्ला|सुनसरी]]का लीलाकुमार माझी हुनुहुन्छ) १८ जनाले स्नातक तह, ४० जनाले प्रमाणपत्र तह र १३० जनाले मात्र एस.एल.सी पास गरेका छन् ।
==भाषा==
भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्।
"https://ne.wikipedia.org/wiki/माझी_जाति" बाट अनुप्रेषित