"माइकल बालाक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
| youthclubs = [[केम्नित्झर एफ.सी.]]
| years = १९९५–१९९७
१९९७–१९९९
१९९९–२००२
२००२–२००६
२००६–
| clubs = [[केम्नित्झर एफ.सी]].
[[१ एफ.सी. कैसर्सलौटेन]]
[[बायर लिवरकुसेन]]
[[बायर्न म्युनिक]]
[[चेल्सी फुटबल क्लब|चेल्सी]]
| caps(goals) = १५ (०)
४६ (४)
७९ (२७)
१०७ (४४)
४४ (११)
| nationalyears = १९९६–१९९८
१९९९–
पङ्क्ति २६:

==क्लब जीवन==
पुर्व जर्मनीको गोर्लिट्जमा जन्मिएका बालाकले १९९७-९८ मा काइसरस्लाउटर्नबाट पहिलो जर्मन लिग उपाधि सहित कुल ४ लिग उपाधि र ३ जर्मन कप जिते । काइसरस्लाउटर्न पछि उनी [[बायर लिभरकुसेन]]तिर तानिए जहाँ उनले ३ सिजन बिताए । २००१-०२ को सिजन भने उनको लागि बिर्सनयोग्य रह्यो । लिभरकुसेनबाट खेल्दै उनले जर्मन [[बुन्डेसलिगा|बुन्डेस लिगा]], जर्मन कप तथा च्याम्पियन्स लिगमा उप- विजेता मै सिमित रहे । २००२ मा उनी बायर्न म्युनिख सँग अनुबन्धित भए । ४ वर्ष बायर्नमा रहँदा उनले ३ बुन्डेस लिगासहित आधा दर्जन ट्रफी जितेका थिए । चेल्सीको साथमा उनको ४ बर्ष उत्तिकै प्रभावकारी रह्यो । [[चेल्सी फुटबल क्लब|चेल्सी]]लाई प्रिमियर लिग जिताउनु सबभन्दा ठूलो उपलब्धी रह्यो । उनले २०१२ मा बायर लिभरकुसेनबाट आफ्नो करियरको अन्त्य भएको घोषणा गरेका थिए ।

==अन्तराष्ट्रिय जीवनवृत्ति==
बालाक जर्मनीको जर्सीमा २००२ र २००६ को विश्वकप र २०००, २००४ र २००८ को युइएफए युरोमा देखिएका थिए । [[२००२ फिफा विश्व कप]] फुटबलमा बालाकको जर्मनी दोस्रो स्थानमा चित्त बुझाउँदै घर फर्कियो भने डिफेन्डिङ् च्याम्पियनको रूपमा युरो २००० मा प्रवेश गरेको जर्मनी एकै खेल जित्न नसकेर लाचार भई घर फर्किएको थियो । [[चेल्सी फुटबल क्लब|चेल्सी]]मा रहँदा २०१० को एफए कप फाइनलमा [[केभिन प्रिन्स बोटेङ]]को ट्याकलले गोलीगाँठोको लिगामेन्ट च्यातेसँगै उनको विश्वकप २०१० मा जर्मन टोलीको कप्तानी गरेर ट्रफी जिताउने आफ्नो सपना समेत तुहिएको थियो । जर्मनीको सो विश्वकपमा राम्रो प्रदर्शन र [[मेसुट ओजिल]], [[थोमस मुलर]], [[बास्टियन स्वाइन्स्टाइगर]] र [[सामी केडिरा|सामी खेदिरा]] जस्ता खेलाडीहरुको उदयका कारण राष्ट्रिय टोलीमा फर्कन उनलाई कठिन भयो । २०१०-११ मा पनि चोट उनीसँगै लपेटिइरह्यो । उनी राष्ट्रिय टोलीमा फर्कन असम्भव भएपछी ड्युचल्याण्ड फुटबल बन्डले उनलाई दुई मैत्रीपुर्ण खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल संख्या १०० पुर्याउने प्रस्ताव राख्दा प्रशिक्षक [[जोएचिम लो]]सँगको चिसो सम्बन्धका कारण उनले सो प्रस्तावलाई ठाडै अस्विकार गरेका थिए ।

==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/माइकल_बालाक" बाट अनुप्रेषित