"नारायणहिटी दरबार सङ्ग्रहालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|map_type=
|structural_system= इट्टा र मसला
|client=[[ढोकल सिंह बस्नेत]], [[राजा महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]], [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]
|engineer=
|construction_start_date= सन् १९६३
पङ्क्ति २४:
[[File:Palace 1.JPG|thumb|right|नारायणहिटी दरवार संग्रहालय]]
 
'''नारायणहिटी दरबार''' नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते '''राजदरवार''' वाट '''[[राष्ट्रिय सङ्ग्रहालय]]''' बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]ले झन्डोत्तोलनका गरि [[संग्रहालय|सङ्ग्रहालय]]को घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री [[पुष्पकमल दाहाल]] प्रचन्डले संग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।
 
== इतिहास ==
पङ्क्ति ५३:
 
== त्रिभुवन सदन ==
हाललाई खुला गरिएको मध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमा रहेको यस भवनमा २०५८ साल जेठ १९ गतेको [[दरबार हत्याकाण्ड|दरवार हत्याकाण्ड]] भएको थियो । २०६१ सालमा त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइएको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागी ढलेको स्थानहरू उल्लेख गरिएका छन् ।
 
नारायणहिटी दरबारको ठीक पछाडि रहेको फोहरा बगैँचा पनि आर्कषक छ । त्यो बगैचा त्रिभुवनले बनाउन लगाएका थिए । त्यस बगैँचाको बीचमा सानो पानीको कुण्ड बनाइएको छ । त्यहाँ घुम्ने र गोल घर छन् । नेपालमा भएको पहिलो दक्षिण एसियाली सम्मेलनमा विदेशी राष्ट्रप्रमुखहरूको सम्मानमा त्यसै बगैँचामा भोजको आयोजना गरिएको थियो । पछिल्लो पटक ज्ञानेन्द्र शाहले विशेष [[चाडपर्व]]का अवसरमा त्यस बगैँचामा अपरान्हको भोज आयोजना गर्ने गरेका थिए । तत्कालीन राजा महेन्द्र मञ्जिलमा बस्थे भने वीरेन्द्र श्री सदनमा बस्थे तर आएका विदेशी राष्ट्रप्रमुखहरू दरबारमा रात बिताउन बसेका बेला उनीहरूले अप्ठेरो नमानुन् भन्नका लागि ती राजाहरू आफ्नो घरमा नबसी दरबारको धनकुटा बैठकमा रात बिताउन आउने गर्थे तर ज्ञानेन्द्र चाहिँ निर्मल निवास छाडेपछि धनकुटा बैठकमा सरेका थिए ।