"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
| citizenship = [[नेपाली]]
| ethnicity = [[नेवार जाति|नेवार]]
| party = [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]
| occupation = [[राजनीतिज्ञ]]
| title = फादर अफ डेमोक्रेसी <br> सर्वमान्य नेता <br> लौह पुरुष
पङ्क्ति ३९:
==राजनिति==
[[File:Ganesh Man Singh Bhawan.JPG|thumb|त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवन: यस भवनमा बालरोग सम्बन्धि सेवा सञ्चालनमा छ।]]
अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल [[राष्ट्रिय प्रजापरिषद]]को सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भयो। तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा नै उनको [[मंगलादेवी सिंह|मंगलादेवी]] सँग विवाह भयो। यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए। तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर)मा भएको थियो। तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो। उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो। जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन। २००१ साल वैशाख (सन् १९४४) का एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए। जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, [[कोलकाता]], बनारस र लाहौर पुग्नुभयो। यसक्रममा उनको [[कोलकाता]]मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २००१ सालमा सम्पर्क भयो। विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल)मा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]] बन्यो। उनी [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को संस्थापक नेता बने।
 
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध [[भारत]]को बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित ''''''बैरगनिया सम्मेलन'''''' मा गणेशमान सिंह, [[खड्गजीत बराल]], [[बहादुर सिंह बराल|बहादुरसिंह बराल]], डाक्टर [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]], [[मातृकाप्रसाद कोइराला]], बि.पि. कोइराला, [[कृष्णप्रसाद भट्टराई]] र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न ''''''डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने निति अप्नाउन स्विकारेका थिए ।''''' <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-22/20170622190502.html|title=[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना}} </ref> <ref> {{cite web|url=http://nepal.ekantipur.com/news/2017-06-14/20170614190313.html|title=[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास}} </ref> <ref> {{cite web |url=http://archive.setopati.com/samaj/66850/|title="म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्"}}</ref> २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उनलाई शारीरिक यातना दिइयो। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हाले।
[[File:Ganesh Man Singh4.jpg|thumb|ललितपुर जिल्लाको जावलाखेलमा रहेको गणेशमान सिंहको सालिक]]
२००८ सालमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]का नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे। २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए। उनले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिए। २०१५ सालको प्रथम संसदीय निर्वाचनमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]का तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए। [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले।
 
२०१७ साल पुस १ गते (सन् १९६०)को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) [[सुन्दरीजल जेल]]मा थुनिए।<ref>{{cite web|url=http://www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|title=Picture of Sundarijal Military Detention Camp|work=[[नेपाली काँग्रेसकांग्रेस|Nepali Congress]]|accessdate=2008-10-07|archiveurl=http://web.archive.org/web/20020802063058/www.nepalicongress.org.np/bpkoirala/sundarijal/sundarijal.html|archivedate=2002-08-02}}</ref> जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए। मेलमिलापको नीति लिएर [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग २०३३ साल (सन् १९७६)मा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो। उनमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग गरियो। २०३४ सालमा भारतको [[पटना]]मा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित भए। जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]सँग मतभेद पनि भएको थियो। २०३९ साल (सन् १९८२)मा [[विश्वेश्वरप्रसाद कोइराला|वि.पी. कोइराला]]को देहावसान पश्चात उनी [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को सर्वोच्चनेता भए। २०४२ साल (सन् १९८५)मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।
 
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे। २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो। गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो। जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन [[शाह वंश|राजा बीरेन्द्र]] आग्रह हुँदा सिंहले अस्वीकार गरे। २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८)मा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]]का भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उनी सम्मानित भए।
[[File:Ganesh Man Singh Statue.JPG|thumb|त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रहेको गणेशमानसिंहको शालिक]]
२०४९ सालमा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को [[झापा जिल्ला]]को कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]सँग उनको मतभेद हुन पुग्यो। २०५१ साल भदौमा उनले [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]] छाडे। तर कांग्रेसले उनलाई कहिल्यै छाडेन। प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।
 
२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी [[मंगलादेवी सिंह]]को निधन भयो। उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो। सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो। श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो। स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र [[प्रकाशमान सिंह श्रेष्ठ|प्रकाशमान सिंह]] तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र [[रीता वैद्य]] हुन्। [[काठमाडौं|काठमाडौं महानगरपालिका]]का पूर्व नगरप्रमुख [[पीएल सिंह]] भने नेता सिंहका धर्मपुत्र हुन्। उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ। <ref>[http://www.hamrosamachar.com/koshdetail.asp?id=405&cat=5 हाम्रो समाचार डट कम]</ref>
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित