"खप्तड बाबा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ज्ञानबाकस/जीवनी
| नाम = खप्तडस्वामी बाबासच्चिदानन्द सरस्वती
| तस्वीर = Khaptad.jpg
| तस्वीर आकार = 200px
| तस्वीर शीर्षक = खप्तड बाबा
| उपनाम = खप्तड बाबा
| जन्म मिति = [[विक्रम संवत|वि.सं.]]
| जन्मस्थान = कश्मीर
| मृत्यु मिति = [[विक्रम संवत|वि.सं.]] २०५२ ज्येष्ठ
| मृत्युस्थान = [[काठमाण्डौ]]
| कार्यक्षेत्र =
पङ्क्ति १६:
| विषय =
| आन्दोलन =
| पहिलो कृति = विचार विज्ञान
| हस्ताक्षर =
| वेबपेज =
| मुख्य काम =
}}
श्री खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान्, अविस्मरणीय समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व हुनुहुन्थ्यो ।
 
'एकश्चन्द्र तमोहन्ति न च तारागणोऽपि च । '
एउटै चन्द्रमाले धरती, आकाश र अन्तरिक्षको अँध्यारो नाश गरिदिएर झलमल्ल उज्यालो ल्याइदिन्छ भने लाखौँ तारागण भएर पनि के गर्नु र ? उज्यालो पार्न सक्तैनन् । त्यस्तै एकजना साधु, सन्त, ज्ञानीले समाज, राष्ट्र, विश्व र त्यस युगलाई नै समुन्नत, बनाउँछ । एउटा बत्तीले नजिकैका हजारौं बत्तीलाई बाले झैं एकजना ज्ञानवान्, जीवन्मुक्त महात्माले वर्तमानलाई मात्रै होइन भविष्यलाई समेत आलोकित बनाइदिन्छन् । यस धरतीमा त्यस्ता कालजयी महापुरूषहरू, यदाकदा जन्मन्छन् र आˆनो ज्ञानले, गुणले, सेवाले, परोपकारको सम्पूर्ण समाज र देशलाई नै सुखी, शान्त र समुन्नत बनाएर एउटा युगान्तकारी कीर्तिमान कायम गरी सदा-सदाका लागि एउटा अविस्मरणीय दृष्टान्त छोडेर जान्छन् ।
यही अनुक्रममा हाम्री नेपाल जननीले एक महान् आत्मा भएका युगपुरुष पाइन् ती हुन् श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रिय ब्रहृमनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवन्मुक्त महात्मा सच्चिदानन्द सरस्वती । उहाँको जनता-जनार्दनले जानेको शुभनाम हो पढे श्री खप्तडबाबा । सुदूर पश्चिम डोटी, बैतडी, बझाङ, आछामतिरका जनता डाक्टर स्वामी, स्वामीबाबा, खप्तडस्वामी भनेर प्रेमले, श्रद्धाले, भक्तिले, आत्मीयताले पुकार्दथे र आˆनो हृदयदेखि नै श्रद्धासुमन चढाउँथे । त्यस्ता युगपुरूषले आˆना ज्ञान र गुणले, सेवा र परोपकारले, धर्म-विज्ञान र विचार-विज्ञान जस्ता कालजयी, अमर अमतमयी ग्रन्थहरू र अत्यन्त मीठा अमृतमयी उपदेशात्मक वाणीहरूले नेपालको आकाश र धरतीलाई नै अध्यात्मको, धर्मको, वेदान्तको, वैदिक सनातन परम्पराको, मर्यादाको, योगको, विचारको सुवासले आलोकित बनाएर नेपाल जननीलाई धन्य Û धन्य Û बनाएको छ ।
श्री खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान्, अविस्मरणीय समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व हुनुहुन्थ्यो । जस-जसले उहाँको दर्शन गर्ने, उहाँसँग सत्सङ्ग गर्ने, उहाँको सान्निध्य पाउने, उहाँलाई गुरू बनाउने र उहाँको उपदेश सुन्ने सौभाग्य पाए ती धन्य हुन् । त्यस्ता व्यक्ति अत्यन्त प्रभावित भएको र आˆनो जीवनलाई नै अर्को मोडतिर लगेको थुप्रै घटना हामीले सुनेका छौंँ । त्यस्तै नै उहाँका विचार-विज्ञान, स्वास्थ्यविज्ञान, धर्मविज्ञान खण्ड १,२,३,४ र धर्म विज्ञान सार-संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरूषधर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, र तीनओटा अङ्ग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन् । यी ग्रन्थहरूले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेका छन् । वैदिक सिद्धान्त र दर्शन अनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरूमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान् कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ । विचार-विज्ञान त यति लोकपि्रय ग्रन्थ बनेको छ- सामान्य पढे लेखेका नर-नारीदेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्ती पनि यो ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका कुरा सुनेका छौं ।
खप्तडबाबाका विचारहरू अत्यन्त दार्शनिक अनि व्यावहारिक पनि, वैज्ञानिक अनि भावनात्मक पनि, सरल अनि अत्यन्त गम्भीर पनि सामान्य जस्तो देखिने अनि विचारोत्तेजक पनि छन् । धर्म-विज्ञान चारै खण्ड पढिसकेपछि त सारा वेद, वेदान्त, महाभारत, रामायण, गीता र अद्वैतवेदान्तका निगूढतम रहस्यमय तात्विक कुराहरूमा अवगाहन गर्न पाएको अनुभव हुन्छ । 'स्वास्थ्य-विज्ञान' र 'आरोग्य-विज्ञान' पढेपछि बाबाको शरीरसम्बन्धी र स्वास्थ्यसम्बन्धी ज्ञानको गहनतामा चुर्लुम्म डुब्न पाइन्छ र स्वास्थ्यको, निरोगिताको महिमा, महत्ता र उपयोगिताको राम्रो बोध हुन्छ । रोगको निदानदेखि लिएर तिनको उपचार पद्धति एवं आयुर्वेद शास्त्रले बताएका औषधिहरूको नाम तिनको प्रयोग विधि समेत स्पष्टसँग यी दुई ग्रन्थमा उल्लेख भएका छन् । बाबा देश अनि विश्वकै भूषण हुनुहुन्छ यसमा विकल्प छैन । त्यति हुँदाहुँदै पनि बाबा विशेषतः खप्तडका भूषण हुनुहुन्छ । कारण खप्तड लेकलाई त्यो भेगलाई, त्यस क्षेत्रलाई, ती जिल्लाहरू र अञ्चललाई, त्यहाँका जनता जनार्दनलाई मात्र होइन त्यहाँका जडीबुटीसमेतलाई बाबाले विश्वका माझमा पुर्‍याइदिनुभयो । परिणामतः बाबाको शुभनाम रहृयो खप्तडबाबा भनेर । यही नामबाट उहाँ श्री १००८ ब्रहृमविद् परमहंस योगी सच्चिदानन्द सरस्वतीबाट जनताका जिब्रामा, मन र मस्तिष्कमा खप्तडबाबा, खप्तडस्वामी भनेर परिचित हुनुभयो । यसबाट सिद्ध हुन्छ- बाबा खप्तडका नाताले नेपालकै भूषण बन्नुभयो । अर्को पक्षबाट पनि सोचौं- खप्तडले बाबाले महान् तपस्वी, महान् ज्ञानी, महान् त्यागी, महान् योगी, महान् लेखक, महान् साधक बनेको हेर्ने मौका पनि त पायो नि । त्यसैले खप्तडमा बाबा भिज्नुभएको छ अनि बाबामा खप्तड भिजेको छ । खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जङ्गलमात्र थियो- आज सौभाग्यले खप्तड बाबा बनेको छ । खप्तडसँग बाबा गाँसिनुभएको छ, बाबासँग खप्तड गाँसिएको छ । खप्तडमा चेतना पलाएको छ । खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ बाबाका कारणले । अनि बाबाको ज्ञानज्योति, तपोधन, नाम ख्याति, ग्रन्थमूर्ति, योगधारा, त्यागकीर्ति चारैतिर फैलिएको छ खप्तडका कारणले । आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकपि्रयता बढेको छ । त्यसैले बाबा खप्तडका भूषण बन्नुभयो । खप्तडलाई हामीले चिनेको पनि बाबाकै कारणले हो । नत्र खप्तडको निगालोमात्र प्रसिद्ध थियो, नलीमात्र प्रसिद्ध थियो, हामीले नेपालको भूगोलमा यही पढेका थियौँ । आज खप्तड धार्मिक, भौगोलिक, प्राकृतिक दार्शनिक हर दृष्टिकोणले पर्यटकीय प्रसिद्ध स्थल बनेर विश्वलाई आकषिर्त गर्दछ । बाबाकै कारणले । खप्तडले बाबालाई केही दिएर धेरै पाएको छ । हामी यी दुवैलाई धन्य भन्दछौं - धन्य खप्तडबाबा ।
धन्य खप्तडलेक ÛÛ
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/खप्तड_बाबा" बाट अनुप्रेषित