"कृष्ण धरावासी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५२:
हिंडेको साँझ [[हिवाँखोला]]को बगरमा पुगे। पुसको बेला थियो। स्याँठ चलेको थियो। त्यहीँ बास बसे। भोलिपल्ट खोला तरे। तर कुकुर खोलो तरेन। घर छाड्दा नरोएको भट्टराई परिवार कुकुरले खोला नतर्दा रोए।
भट्टराई परिवार [[इलाम जिल्ला|इलाम]]को [[फिदिम नगरपालिका|फिदिम]] पुगे। घर छाडेको पाँच दिनमा [[साङ्रुम्बा]] पुग्यो। त्यहाँ मामाघर थियो । मामाहरूको आर्थिक अवस्था खासै राम्रो थिएन।
पछि बुबाले कृष्णलाई लिएर मधेश झरे। [[झापा जिल्ला|झापा]] गए। काम के गर्ने ? बालबच्चा कसरी पाल्ने भनेर खोजेर उनका बुबा थाक्नुभयो। खेती गर्नबाहेकगर्न बाहेक केही काम भएन। बुबा अपांग भएकाले निराश भए। अब पहाड फर्कने भने र बाबु-छोरा फिरे। उताबाट आमाहरू भाइ-बहिनी लिएर आउँदै रहिछन्। उनीहरूको बाटामा भेट भयो। उनका बुबा र आमाबीच भनाभन भयो। उनकी आमाकै करले भट्टराई परिवार मधेश नै गयो।
 
उनी ९ वर्षको भएपछि [[शनिश्चरे]]को प्राथमिक स्कुल पढ्न थाले। उनी कक्षा ३ मा पढ्दा उनका नयाँ साथी आए। उनी राम्रा र गोरा थिए। उनी [[डा. सञ्जीव उप्रेती|सञ्जीव उप्रेती]] थिए। राम्रो परिवारका थिए। राम्रा किताब पढ्थे। उनकै सँगतले कृष्ण पढ्न र लेख्न थाले।