"महाभारत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
== पृष्ठभूमि र इतिहास==
 
[[चित्र:Kurukshetra.jpg|thumb|320px|left|पाण्डुलिपीमा कोरिएको कुरूक्षेत्रको युद्ध चित्र]] महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि [[व्यास (ऋषि)|वेद व्यास]] (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान [[भगवान गणेश|गणेश]]द्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्। व्यासले पनि यो शर्तलाई स्वीकार गरे तर उनले पनि भगवान गणेशसँग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरूलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरू प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केही सोच्ने समय मिल्ने भयो। यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जीको पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।
 
यस महाकाव्यको शुरुवात एउटा सानो रचना '''जय''' बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया [[वैदिक युग]]मा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरूले यसको तिथि निर्धारित गर्नका लागि यसमां वर्णित [[सूर्य ग्रहण]] र [[चंद्र ग्रहण]]हरूको बारेमा अध्ययन गरेका छन् र यसलाई ३१औं शताब्दी इसा पूर्वको मान्दछन् भने पौराणिकहरू ५०७८ वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् ,तर मतभेद भने अझै पनि जारी छ।
पङ्क्ति ४६:
[[शल्य]], जो महाभारतमा कौरवहरूको तर्फबाट लडेका थिए, उनलाई [[रामायण]]मा वर्णित [[लव]] र [[कुश]] पछिको ५०औं पुस्ताको मानिन्छ। यसै आधारमा केही विद्वानहरू महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरू चाहे जे सुकै भएपनि यहि काव्यहरूको आधारमा [[वैदिक धर्म]]को आधार टिकेको छ जो पछि [[हिन्दू धर्म]]को आधुनिक आधार बनेको छ।
 
[[आर्यभट]]का अनुसार महाभारतयुद्ध ३१३७ ई.पू.मा भएको थियो। यस युद्धको ३५ वर्ष पश्चात् श्रीकृष्णको स्वर्गारोहणसँगै कलियुगको प्रारम्भ भयो। वेदांग ज्योतिषानुसारज्योतिष अनुसार (६श्लोकव्याख्या पृ.२५९)दक्षिणभारतको एहोडस्थानमादक्षिण भारतको एहोड स्थानमा प्राप्त पुलकेशिको शीलालेख-
त्रिंशत्सु त्रिसहस्रेषु भारतादाहवादितः| सप्ताsब्दशतयुक्तेषुगतेष्वब्देषुपञ्चसु|| पञ्चाशत्सुकलौकालेषट्सुपञ्चशतासुच| समासुसमतीतासु शकानामपिभूभुजाम्||
अर्थात् उक्त शीलालेखबाट महाभारत युद्धाब्द ३७३५छँदा शकाब्द५५६ वर्ष चलिरहेको उल्लेख भएको कुरा प्रमाणित हुन आउँछ |आज विक्रम संवत२०७३संवत २०७३ चल्दा महाभरतयुद्धसंवत्५११७चलिरहेकोमहाभरत युद्ध संवत् ५११७ चलिरहेको छ | म.भा.मुसलपर्व-१|१३मा
षट्त्रिंsथततोवर्षे वृष्णीनामनयोमहान्|
अन्योन्यंमुसलैस्तेतुनिजघ्नुकालचोदिताः||
"https://ne.wikipedia.org/wiki/महाभारत" बाट अनुप्रेषित