"सूर्यप्रसाद उपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
[[विश्वेश्वरप्रसाद कोइराला]] र उनका बीच केही शंका उब्जिएको एक प्रमुख कारण उनी पहिले नै जेलबाट बाहिर आउनु थियो। उनी पहिले छुट्ने कारणमध्ये उनको र सूवर्ण शमशेरको पुरानो पृष्ठभूमि र नरम राजनीतिक संस्कार हो। <ref name=ekantipur1>[http://www.ekantipur.com/nep/2068/6/22/full-story/336770.html सूर्यप्रसाद उपाध्याय र लोकतन्त्र: लोकराज बराल] इ-कान्तिपुर</ref>
 
सूर्यप्रसाद र बीपीबीचको तिरस्कार र आत्मीयता (लभ-हेट)को सम्बन्ध थियो।<ref name=ekantipur1 /> सूर्यप्रसाद बीपीलाई नेता मान्दथे तर बीपीले सूर्यप्रसादमाथि शंका भाव राख्थे।
 
सूर्यप्रसादको सम्बन्ध नेहरू परिवारसितपरिवासँग बढी भएको, जवाहरलाल र इन्दिरा गान्धी दुवैले सूर्यप्रसादलाई प्राथमिकता दिने गरेकाले पनि दुवैबीचकोदुवै बीचको सम्बन्धमा सात सालदेखि नै एकअर्काबीच शंका र ईष्र्याले काम गरेको पाइन्छ। नेहरूले बीपीलाई अलिक उग्रखालको भन्ने ठानी २००७ सालको राणा कांग्रेसको संयुक्त सरकार ढलेपछि मातृकालाई प्रधानमन्त्री बनाउन राजा त्रिभुवनलाई चार पानाको चिठी लेखेका थिए।<ref name=ekantipur1 />
 
सूर्यप्रसादका विचारमा प्रजातन्त्रको लडाइँ देश भित्रैबाट हुनुपर्छ भन्ने थियो जसलाई पछि [[कृष्णप्रसाद भट्टराई]]ले र महेन्द्रनारायण निधिले पनि अवलम्बन गरेका थिए।